जेष्ठ २२,२०८० / ०६ : ३२ पूर्वान्ह / 2023-06-05 06:32 am

        अदालतको फैसलाविरुद्ध प्रधानन्यायाधीशमाथि महाअभियोगको माग (फोटो फिचर)

        - २ वर्ष अगाडि
        श्रावण १०,२०७७

        काठमाडौं, पछिल्लो समय एकपछि अर्को विवादित फैसला सुनाइरहेको सर्वोच्च अदालत र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ। रञ्जन कोइरालाको सजाय घटाएर रिहा गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध सडकमा प्रदर्शन सुरु भएको हो।

        /pagegallery/2020072561.jpg

        शुक्रबार राजधानीमा पीडितपक्ष र अधिकारकर्मीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोग लगाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन्।  श्रीमतीको हत्या गर्ने कसुरदारलाई छोडेर न्यायलयले न्यायको उपहास गरेको भन्दै अधिकारकर्मीले अदालतको फैसलाविरुद्ध सडक प्रदर्शन गरेका हुन्। 

        /pagegallery/2020072544.jpg

        स्वतन्त्र नागरिक र सत्तारुढ दलकै भातृ संगठनका सदस्यहरूसमेत उपस्थित भएर शुक्रबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। उनीहरुले 'अदालतको पुनर्संरचना गर', 'न्यायालय शुद्धीकरणलाई अघि बढाऊ', 'अदालतको चोला फेर्न चोलेन्द्रलाई महाभियोग', 'भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले' जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

        /pagegallery/2020072572.jpg

        /pagegallery/2020072519.jpg

        /pagegallery/2020072570.jpg

        /pagegallery/2020072566.jpg

        /pagegallery/2020072580.jpg

          सम्बन्धित समाचारहरु