वैशाख ७,२०८३ / ०९ : ३२ पूर्वान्ह / 2026-04-20 09:32 am
      • param ad
      • furniture
      • veera Incorporation

      रातो मच्छिन्द्रनाथको रथारोहण (फोटो फिचर)

      - ५ वर्ष अगाडि
      श्रावण १०,२०७७

      काठमाडौं,  कोरोना भाइरस (कोभिड १९ ) को महामारीका कारण रोकिएको वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको मुर्तिलाई शनिवार १२ बजेर ५ मिनेटमा रथारोहण गरिएको छ । आज मध्याह्न १२ बजेर १५ मिनेटको शुभसाइतमा पुल्चोकमा निर्माण गरिएको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएको हो।

      /pagegallery/2020072589.jpg

      कोरोनाले नेपालकै सबैभन्दा लामो रथयात्रा नराम्ररी प्रभावित भयो । सुरुमा रथ नै बनाउन रोकियो । असार १० गतेदेखि रथ बनाउन थालियो तर रथयात्रा हुने वा नहुने अन्यौल कायमै रह्यो । बन्दाबन्दी केही खुकुलो भएपछि असार २४ गते रथयात्रा गर्ने मिति तोकियो तर, सँगसँगै स्थगित गर्ने निर्णय भयो । वर्षा र सहकालका देवताका रुपमा पुजिने करुणामय रातो मच्छिन्द्रनाथको पटक पटक गरी साउन ७ गते बुधबार पनि रथारोहण साइत गुठी संस्थानले स्थगित गरेको थियो ।


      /pagegallery/2020072547.jpg
      /pagegallery/2020072598.jpg
      /pagegallery/2020072555.jpg
      /pagegallery/2020072514.jpg

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d