भाद्र २३,२०८१ / ०९ : १९ पूर्वान्ह / 2024-09-08 09:19 am
      • param ad
      • furniture
      • veera Incorporation

      लकडाउनले सम्झायो ७८ बर्षकी हजुरआमालाई उ बेलाको संगेनी भिडीयो सहित

      - ४ वर्ष अगाडि
      जेष्ठ ५,२०७७

      विश्वभरी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न लगाएको लकडाउनले देश थला परेको लामो समय भैसक्यो चरण चरणमा लकडाउन जारी छ पछिल्लो समय संक्रमित बढ्दै गएका छन् २ को मृत्यु भएपछि लकडाउन थप कडा हुँदै गएको छ । 

      लकडाउनले आम नागरीक घरमै बसेर बिताइरहेका छन् । कति मनिसहरु आ आफ्नै क्षेत्रमा सृजीत भएर समय बिताईरहेका छन् । यसै क्रममा धनकुटा जील्ला मुगा घर भएकी ७८ बर्षकी हजुरआमा दिलमाया थापालाई लकडाउनले बाल्यकालको स्मरण गरीदिएको छ । थापा कोरोनाको त्रासले घरभित्रै बस्नेहरु मध्येकी एक आमा हुन यस्ता कयौ आमाहरु छन् जसलाई लकडाउनले घर भित्रको भित्रै पारेको छ  । लामिछाने थापा क्षेत्री समाज नेपालको सल्लाहाकार समेत रहेकी  ७८ बर्षकी आमा पनि बाहिर निस्किन नपाएपछि आफ्नो बितेका जीन्दगीकाहरु सम्झिदै समय बिताइरहेकी छन् । हजुरआमाको जीन्दगी गाँउमै बितेपनि बुढेसकाल लागेपछि शहर छिर्ने मौका मिल्यो आमाका ६ भाई छोरा बुहारी र २ जान छोरी मध्ये २ काठमाडौमा बस्दै आएका २ छोरा बुहारी संग बस्दै आएकी छन् । 

      सेतै फुलेको कपाल सुमसुमाउदै आमा भन्न थालिन् सबै छोराछोरीकोमा पुग्छु । कहिले धनकुटा कहिले काठमाडौं कहिले इटहरी तराई पहाड बराबरी जस्तै समय विताईरहेको छु । अहिले लकडाउनमा चाँही शहरमा भएको बेला भएर अलिक समस्या भइरहेको छ ।

      आमालाई यसो बाल्यकाल अनि बितेका पल के सम्झाउन खोजेको थिँए आमाका आँखा रसाउन खोजे अनि चस्मा उचाल्दै स्मरण गराइन् उहिले हाम्रा पालामा साह्रै दुख थियो सानैमा विवाह गरीदिन्थे अलिअलि मात्र थाहा छ मेरो दिदीको ६ बर्षको हुँदै विवाह भएको थियो मेरो पनि ११ बर्षमै विवाह भयो । त्यसबेला गाँउघरमा घाँस दाउरा ढिकि जाँतो विहान अध्यारै पानि पँधेरो गरीन्थ्यो । 

      फेरी मलाई थप जान्न मन लाग्यो आमा कसरी समय विताउनुहुन्थ्यो । कहिलेकाँही यसो रमाईलो गर्नुहुन्थ्यो आमा मुस्कुराउदै भन्न थालीन यसो कसैको विवाह कार्जेमा जाँदा संगेनी, श्लोक भनेर रमाईलो पनि गरीन्थ्यो । अनि गाँउघरमा घाँस दाउरा ढिकि जाँतो गर्दा समय विताउनलाई संगेनी भनिन्थ्यो । आमाले त्यसो भनिनसक्दा म उबेलाको लोप हुँदै जान थालेको संगेनी सुन्न आतुर भए अनि सुनाउन आग्रह गरे । सुरीलो स्वरमा  हजुरआमाको संगेनी सुरु भएसंगै बुढो शरीर पुरै संगेनीको तालमा हल्लिन थाल्यो संगेनीमा तिनै आमाहरुले भेगेका तिता मिठा गाँउघरका शब्द आउन थाले ।

      जे होस लकडाउनले आमाको बाल्यकाल अनि वितेका पल त स्मरण भयो नै संगै लोप हुन लागेको संस्कृतिलाई पनि एकपल्ट सम्झिने मौका मिल्यो ।

      सुन्नुहोस सबैले ७८ बर्षकी आमाको संगेनी


        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d