सुनसरी, नेपालको पर्यटकीय गन्तव्य कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको पर्यटन अब्बल बन्दै गएको छ । विविध कारणले ओझलमा परेको कोशी टप्पुको पर्यटन लयमा फर्किएको मात्रै छैन, यहाँ हात्ती सफारी हुन थालेपछि त चितवनको बिकल्प समेत बनेको छ ।
सप्तकोसीको नदी किनार तथा वन्यजन्तुको आरक्ष केन्द्र रहेको कोसीटप्पु वन्यजन्तु आरक्षमा घुम्न आउने पर्यटकको प्रमुख चाहना हात्ती सफारी नै हुन थालेको छ । चितवनपछि हात्ती सफारी पूर्वमा सुनसरीको कोसीटप्पुमा मात्रै हुने गरेको छ । हात्ती सफारी भन्ने बित्तिकै चितवनको सौराह जानुपर्ने बाध्यता थियो तर अव सौरहा जानु नपर्ने भएपछी आन्तरीक पर्यटकहरु दंङ्ग देखीन्छन् ।
आन्तरिक तथा बाह्य पर्यटकका लागि हात्ती सफारी नेपालको पर्यटन प्रवद्र्धनका लागि महत्त्वपूर्ण मानिएको छ । हात्ती चढेर जंगल घुम्नु र जनावर हेर्नु, आरक्ष क्षेत्रमा जीप सफारी गरेर दृष्यावलोकनमा रमाउनु, डुंगा चढेर मनोरञ्जन लिनु, डल्फिन, गिद्ध, कछुवा, गोही, अजि«ङगर दुर्लभ प्रजातीका चराहरु हेर्नुु कोशी टप्पुको विशेषता हो । कोशी टप्पुमा विशेष गरी विदेशी पर्यटक हात्तीमा सफारी गर्दै अर्ना र ५ सय ३६ प्रजातीका चरा अवलोकनका लागि आउने गरेका छन् ।
कोशी टप्पुमा हात्ती सफारी गर्दा नेपालीका लागि ५ सय, सार्क राष्ट्रका नागरिकले १५ सय तेस्रो मुलुकका विदेशीहरुले २५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । कोशी टप्पुमा अहिले हात्ती सफारीका लागि ४ वटा हात्तीको व्यवस्था मिलाइएको छ । हात्ती सफारीका लागि अमिर कलि, शोभा कली, सरस्वती कलि र दमदम कलि प्रयोग हुँदै आएका छन् । हात्ती सफारी सुरु भए सँगै पर्यटन आगमनमा बुद्री भएको छ तर पर्यटकका लागि चाहिने हस्पिटालिटी भने कोशी टप्पु क्षेत्रमा कमजोर देखीन्छ ।








