वैशाख ३१,२०८३ / ०६ : ४८ अपरान्ह / 2026-05-14 06:48 pm
      • param ad
      • furniture
      • veera Incorporation

      को हुन् चक्र बास्तोला ?

      - ७ वर्ष अगाडि
      असोज २८,२०७५

      काठमाण्डौ, कांग्रेस नेता तथा पूर्वमन्त्री चक्र वास्तोलाको ६ वर्ष लामो अर्धचेत अवस्थापछि निधन भयो । बास्तोलालाई कांग्रेसभित्र औसतभन्दा माथिका नेता मानिन्थ्यो बास्तोलालाई ‘साहसिक’ र ‘बौद्धिक’ नेता पनि थिए ।

      पूर्व परराष्ट्र मन्त्री समेत रहेका बास्तोला २०६९ साल पुस १४ गते विराटनगरको भएको बास्तोलाको कूलपूजामा सामूहिक तस्बिर खिच्नेक्रममा अकस्मात ढलेका थिए । सो घटनापछि बास्तोलाको स्वास्थ्य झनझन बिग्रदै गयो ।  उनलाई उपचारको लागि न्यूरो अस्पताल भर्ना गरियो । त्यहाँ निको नभएपछि दिल्लीको मेदान्त अस्पतालसम्म पु¥याइयो । त्यहाँ तीन महिना उपचार गर्दा पनि निको नभएपछि उनलाई स्वदेश फर्काइएको थियो । दिल्लीबाट  काठमाडौं  फर्काएर उनलाई बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराइयो । त्यहाँ पनि सात महिना राखियो । 

      तर पनि उनी पूर्ववत् अवस्थामा आउन सकेनन् । देश  विदेशका नाम चलेका डाक्टरहरु बास्तोलाको उपचारमा संलग्न भएपनि कसैले पनि उनलाई निको पार्न सकेन ।  विभिन्न प्रयासका बावजुत निको नभएपछि परिवारले उनालाई घरमै राखेर हेरचाह गर्दै आएका थिए । ०७० कात्तिकदेखि घरमै  आइसियु बेड राखेर आराम गराईएको थियो । पत्नी कुसुम आचार्य बास्तोलाले हेरचाहमा गर्दै आएकी थिईन् । मस्तिष्कघातका कारण बास्तोलाको शरीरको कुनै पनि भाग चल्दैन थियो । सामान्य रुपमा खाना खान सक्दैन थिए ।  उनलाई पाइपबाट खाना खुवाउनु प¥थ्र्यो । पत्नी कुसुमको रेखदेखमा बाँस्तोलाले कठिन दिनहरु बिताइरहेका थिए । ०४८ सालको संसदीय चुनावमा उनी झापाबाट उम्मेदवार भएपनि पराजित भए । त्यसपछि तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले बास्तोलालाई भारतका लागि राजदूत सिफारिस गरेको थियो । 

      विमान अपहरणको मुद्दा उनले भारतीय अदालतमा खेप्नुप¥र्याे । बाँस्तोलाको विषयमा सरकारले भारत सरकारलाई मनाएपछि बल्ल राजदूत बन्न उनी सफल थिए । पञ्चायतविरुद्ध आन्दोलनमा सक्रिय बास्तोला २०५६ सालको संसदीय निर्वाचनपछि गिरिजाप्रसाद नेतृत्व सरकारमा परराष्ट्रमन्त्री बने । उनले तत्कालिन बिद्रोही माओवादीलाई शान्ति प्रकृयामा ल्याउन समेत भूमिका खेले । बाँस्तोला बिपीको प्रेरणाबाट ०१७ सालबाट राजनीतिमा होमिएका थिए ।  उनले बिपीबाटै समाजवादी दीक्षा पाएका थिए । बाँस्तोला कांग्रेसभित्रका सीमित बौद्धिक नेताहरुमा पर्थे । 

      विपीबाट प्रभावित भएकाले सिद्धान्त र दर्शनमा उनको गहिरो रुचि थियो । पार्टीको चुनावी घोषणापत्र लेखनमा समेत उनी पहिलो रोजाइमा पर्थे । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनको घोषणापत्रमा लेखनको उनी संयोजक नै थिए ।  पार्टी नेतृत्वमा  छाउन भन्दा निती तथा रणनीतिक विषय व्यवस्थापनमा रुचि राख्ने बास्तोलाले कहिल्लै पदको लोभ देखाएनन् । जोखिम मोल्ने नेताको परिचय बनाएका उनी रणनीतिकार नेताको छवि बनाएका थिए । उनै नेता बास्तोला भौतिकरुपमा संसारबाट बिदा भएका छन, तर उनको योगदान नेपाली राजनीतिमा सधैं स्मरणीय रहनेछ ।

        सम्बन्धित समाचारहरु