वैशाख ३१,२०८३ / ०६ : ४५ अपरान्ह / 2026-05-14 06:45 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आङनै जिरिङ्ग हुने दुर्घटना, १ रडले घाँटीबाट छेडेर बाहिर निस्कियो २ रडले छातीबाट

      - ७ वर्ष अगाडि
      असोज २२,२०७५

      काठमाडौं, दाङको घोराहीमा आइतबार दिउँसो एउटा डरलाग्दो दुर्घटना भयो । दुईवटा मोटरसाइकल ठोक्कियो । त्यसमध्ये एउटा मोटरसाइकल उछिट्टिएर बाटोमा हिँडिरहेकी तिला परियारलाई लाग्यो । उनी रड बोकेको ट्याक्टरमा ठोक्किन पुगिन् र उनको छातीमा तीनवटा रड छिर्याे ।

      उनको एउटा घाँटीबाट बाहिर निस्कियो भने दुईवटा रड कुमबाट बाहिर निस्कियो ।

      सोच्दा पनि आङ जिरिङ्ग हुने दुर्घटनामा परी घाइते तिला दाङको घोराही उपमहानगरपालिका ३ झिङ्नीकी हुन् । उनी घोराहीमा कपडा सिलाउने पसलमा रहेका श्रीमानका लागि खाना लिएर आएकी थिइन् । श्रीमानलाई खाना दिएर बिग्रेको मोवाइल बनाउन दिएर फर्किँदै गर्दा उनी दुर्घटनामा परेकी हुन् ।

      दिउँसो साढे दुई बजेतिर दुर्घटना भएपछि घाइतेलाई दाङकै उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगियो । राप्ती उपक्षेत्रीय अस्पतालले भैरहवा मेडिकल कलेजमा रिफर र्गयो । त्यसपछि सुरु भयो तिलाको अत्यासलाग्दो उपचार यात्रा ।

      छातीमा गोपिएको तीनवटा रड निकाल्न दाङदेखि भैरहवा, काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर हुँदै टिचिङसम्म पु¥याइयो । उनलाई उपचारका लागि लिएर आएका पत्रकार जनक नेपालीका अनुसार खाल्डाखुल्डी भएको सडकमा रड हल्लिएर ल्याउन निकै समस्या भएको थियो ।

      ‘लमहीदेखि भालुवाङसम्म ल्याउनै २ घण्टा लाग्यो, रडहरु हल्लिएर झन् समस्या हुने हुनाले विस्तारै ल्याउनुपथ्र्यो उनले भने ।

      तिलालाई राति साढे १ बजेतिर भैरहवा मेडिकल कलेजमा पु¥याएको थियो । डाक्टरहरुले समस्या हेरे । एउटा रड मुटु नजिक रहेको देखेपछि उपचार गर्न डराए । ‘एउटा रड मुटुमा छ कि भन्ने कुरा गरे । यो अपरेशन गर्नका लागि चाहिने मेसिन छैन । हामी गर्न सक्दैनौं भने’ त्यसपछि आफन्तले काठमाडौंतर्फ ल्याए । उनीहरु सोमबार दिउँसो ११ बजे काठमाडौं आइपुगे । ट्रमा सेन्टरमा उपचारका लागि लगियो । त्यहाँ पनि भैरहवामा जस्तै ‘मुटुमा रड भित्र गडेको भए उपचार गर्न कठिन हुन्छ, टिचिङ लैजानुहोस भने ।

      आफन्तले बेहोस अवस्थामा रहेकी तिलालाई दिउँसो साढे २ बजे त्रिवि शिक्षण अस्पताल पु¥याए ।

      त्यहाँ उनको शल्यक्रिया गरी रड निकालियो । अपरेसन सकिँदा बेलुका साढे साढे ६ बजेको थियो । ‘बाँच्लाजस्तो लागेको थिएन । आफन्तहरु सबै रुँदै आएका हौं’ नेपालीले भने ‘भैरहवामा एउटा पेनकिलर हालिदिनुस् भन्दा पनि मानेन ।’

      तिलाको सोमबार बेलुकासम्म होस आएको छैन । त्रिवि शिक्षण अस्पतालमा डा. उत्तमकृष्ण श्रेष्ठसहितको टिमले तिलाको अपरेसन गरेको थियो । जुन अपरेसनले उनको शरीरबाट साढे २८ घण्टापछि रड निकाल्न सफल भयो ‘कम्तीमा विरामी बचाउन सक्यौं । दशैं मान्ने गरी घर पठाइदिन्छौं भनेका छन् । नेपालीले भने ।स्थित ठूलो गहिरो जङ्गलमा आज मानव कङ्काल फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले रुखमा नाइलनको डोरीमा हड्डीको सानो भाग अड्किएको र जमिनमा हड्डी मात्रै थुप्रिएर रहेको अवस्थामा फेला परेको जानकारी दिए । 

      प्रहरीले सो क्षेत्रबाट मानव कङ्कालको हड्डी, निलो रङको ट्र्याकसुट, प्लास्टिकको कालो रङको जुत्ता, कालो रङको खाली झोला फेला पारेको छ । प्रहरी उपरीक्षक खड्काले भन्नुभयो, “घटनास्थलको अवस्था हेर्दा पुरुषको जस्तो देखिन्छ, फेला पारिएका कङ्काल परीक्षणको लागि काठमाडौँस्थित फरेन्सिक मेडिसिन विभाग, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएका छौँ ।” अनलाइन खबरबाट

        सम्बन्धित समाचारहरु