माइतिघर मण्डलामा कहिलेकाही कार्यक्रमहरु भइरहन्छन् । त्यो बाटो भएर गाडी चलाउनेहरुको लागि त त्यस्ता कार्यक्रमहरु खासै नौलो होइन ।
तर आवाजबीनाको एउटा धर्नाले जसलाई शान्तिपूर्ण धर्ना भनिएको थियो त्यसले यो मेरो ध्यान खिच्यो । मैले आफ्नो मोटरसाइकललाई सडक नजिकै रहेको वर्कसपको नजिक पार्क गर्न बाध्य भए । म कौतुहलमा थिए । त्यतिकैमा मैले राष्ट्रिय बहिरा महासघंका पूर्व अध्यक्ष तथा पूर्व संसद राघव वीर जोशीलाई त्यो धर्नाको अघिल्तिर देखे । त्यसपछि मलाई अब यो कार्यक्रमको बारेमा धेरै कुरा थाहा भयो । संयोगले चिनारी संवादमा केही समय अगाडि मैले राघव जी सगँ अन्तवार्ता लिएको थिए र जसमा एउटा कुरा जोडतोडले उठेको थियो : बहिरालाई लाईसेन्स दिनुपर्ने कुरा ।
अन्तवार्ताकै क्रममा सर्वोच्च अदालतले आदेश दिइसकेपछि पनि सरकारले यो कुरा कार्यान्वयन गर्न गारो मानिरहेको कुरा उठेको थियो । मलाई यो विषयमा यातायात मन्त्री सगँ कुरा गर्न र यसको के कस्तो प्रगति भइरहेको छ भन्ने कुरा सोध्न मन लागेको थियो तर समय मिलिरहेको थिएन । त्यसको केही समय पछि फेरी बहिराहरुको आवाजलाई अनुवाद गर्ने दुइजना अनुवादक शिलु शर्मा र निकेतन श्रेष्ठ जो क्रमश नेपाल टेलीभिजन तथा प्राइम टाइम टेलिभिजनमा कार्यरत पनि हुनुहुन्छ उहाँहरुसगँ मैले अन्तवार्ता लिएको थिए । अन्तवार्ता पछाडि मैले उहाँहरुसगँ मैले लाइसेन्सका लागि एउटा धर्ना बस्न बहिरा समुदायका साथीहरुलाई प्रेरित गर्न अनुरोध गरेको थिए ।
मलाई ती सबै कुराहरु ताजा भएर आयो । मैले प्रसगं बस एउटा कुरा पनि थपेको थिए त्यो के थियो भने जब सरकार बहिरो हुन्छ उसलाई सुनाउन केही ठुलै धमाका गनुपर्दछ नत्र सुन्दैन । मैले कतै पढेको यो कुराले मनमा घच्घचाइरहने भएकोले मैले यो कुरा उठाएको थिए ।
संयोग पनि कस्तो मैले सुझाब दिएको कार्यक्रम नै हुदै थियो अनि म बीना सुचना त्यो कार्यक्रममा पुगेको थिएँ । मनमनै म धेरै खुशी भए । म अलि हतार हतार गर्दै गाडीहरुलाई रोक्न हात दिदै कार्यक्रम भएतिर गए । शुरुमा मैले केही तस्विर लिए ।
त्याहाँ केही टीभी च्यानल तथा पत्रपत्रीकाबाट पत्रकार साथीहरु पनि हुनुहुन्थ्यो । कोही फोटो खिच्ने कोही भिडियो मैले पनि २ ४ फोटो क्लिक गरेपछि म पनि धर्नागर्ने हरु सगँ सामेल भए । धर्नामा राघव जी सगै पत्रकार ऋषी धमला पनि देखिए उनी पनि बहिराहरुको संकेतमै लाइसेन्सको माग गर्दै थिए । जुनसुकै कार्यक्रममा फोटो तथा भिडियोको अगाडि आउने बानी परेका उनले यो कार्यक्रममा पनि आफ्नो आदत छोडेनन् ।

केहीबेर त्याहाको माहोल हेरेपछि अलि भिन्न अनुभूति भयो साच्चै दुनीयामा मैले सुनीरहेको आवाजविहिनहरुको आवाज त यो पो हो त भन्ने लाग्यो । यस्तो समुदायको लागि केही बोल्नु पर्छ वा लेख्नु पर्छ भन्ने लाग्यो । के छ त प्राविधिक समस्या उनीहरुलाई लाइसेन्स दिन नमिल्ने त्यतातिर पनि घोत्लिन मन लाग्यो । किन सर्वोच्चको निर्णय सरकारले मानेन भन्ने पनि लाग्यो (याहाँ सरकार भन्नाले अहिलेको मात्र सरकार होइन पहिले पहिलेका सरकार पनि हुन्) ।
यस्तै घोत्लिदै गर्दा बहिराहरुको भाषा अनुवाद गर्ने अनुवादक निकेतन श्रेष्ठले पर्चा थमाइदिए । पर्चा थमाउदै गर्दा पो पुरानो चिनजान फेरी थप बलियो बनाउने समय मिल्यो । मैले सहि काम गर्नु भयो भनेर धन्यवाद दिए ।
उहाँले थमाएको पर्चा पढेपछि धेरै कुरा थाहा भयो । बहिराहरुले चालक अनुमति पत्र पाउन गरेको संघर्ष १६ वर्ष भएछ । १६ वर्ष सम्म पनि उनीहरुको मागको सुनुवाइ नहुनु आफैमा अन्याय हो की होइन ? त्यसैगरि सर्वोच्च अदालतले २०६९ साल चैत्र २९ गते बहिराहरुले सवारी चलाउन नसक्ने बैज्ञानिक आधार नभएको र संविधानको समानताको हक अन्तर्गत १ वर्ष भित्र कानुनी तथा अन्य व्यवस्था गरि योग्यता पुगेका बहिरा नागरिकलाई सवारीचालक अनुमति पत्र दिन नेपाल सरकारलाई आदेश दिएको रहेछ ।
आज सम्म पनि सर्वोच्चको आदेशका पालना हुन सकेको छैन । यसको दोषी को हो ? दोषी खोज्ने भन्दा पनि कानुनी बन्धन हटाएर उनीहरुको हक अधिकारको व्यवस्था गर्न सकेसम्म छिटो सरकारले पहल गनुपर्दछ । बास्तवमा आवाज बिहिनहरु भनेका त यी पो हुन त यीनीहरुको आवाज त सबैलाई सुनाउनु पर्दछ एउटा बहिरा नागरिकले सवारी चलाउदा र रोजगारी पाउदा अरुहरुलाइ समस्या पर्ने त केही पनि छैन । हर्न निषेध गर्न निर्णय गर्ने सरकारले बहिरा नागरिकलाई लाइसेन्स दिन मिल्दैन भन्ने निर्णयको कार्यान्वयन गरेर कहिलेसम्म बस्न सक्छ ? के यही माग पुरा गर्नका लागि यस्तै कयौ आन्दोलन गनुपर्ने हो त ?

सरकार मात्र नभएर नागरिक समाजका अगुवाहरु तथा अन्य लेखक तथा बुद्धीजीवीहरु जो आवाज विहिनहरुको आवाज बोल्छु भन्छन् तीनीहरुले चाही यस्ता बिषयमा केही लेख्ने बोल्ने गर्नु पर्दैन ? यस्ता अनगिन्ति प्रश्नहरु उठिरहेका बेला एक्कासी आशाको ज्योति सामुन्ने आउछ र वास्तविक आवाज विहिनहरुको आवाज देशले सुन्नेछ भन्ने आत्मविश्वास बढेर आउछ ।
अमेरिकामा बहिराहरुले सवारी साधन चलाएर रोजगारी पनि पाइरहेका छन् अब नेपाली बहिरा नागरिकहरुले पनि चाडै यो व्यवस्था भएको हेर्न पाउन् ।
(सबैको जय होस्)








