वैशाख ३१,२०८३ / ०६ : ४६ अपरान्ह / 2026-05-14 06:46 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्राकृतिक सौन्दर्यको अनुपम उपहार त्रिधार्मिकस्थल हलेसी

      - ७ वर्ष अगाडि
      श्रावण २१,२०७५

      काठमाण्डौ,खोटाङको हलेसी धार्मिक मान्यताले मात्र नभई प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध रहेको छ । ठूल्ठूला चट्टानको बीच भागमा रहेको गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर रहेको छ । 

      गुफाभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार हो । 

      हलेसी धार्मिकरुपमा पनि विश्वभर चर्चित रहेको पाइन्छ । जसका कारण वर्षेनी लाखौँ देशीविदेशी तीर्थयात्री हलेसी आउने गर्दछन्  । नेपालसँगै भारत, चीन, भुटान, जापान, अमेरिकालगायत विभिन्न मुलुकबाट विभिन्न धर्मावलम्बी हलेसी दर्शन तथा अवलोकन गर्न आउने गरेका छन् । 

      हिन्दुधर्मावलम्बीले पूर्वको पशुपतिनाथ, बौद्धधर्मावलम्बीले दोश्रो लुम्बिनी र किराँतीले आदिम भूमि मान्ने हलेसी प्राकृतिक भू–बनोटको आधारमा पनि छुटाउनै नहुने ठाउँको रुपमा लिइन्छ । 

      सडक नपुगेसम्म लामिडाँडा विमानस्थलको अर्को विकल्प नभएको हलेसीमा अहिले जयरामघाटस्थित दूधकोशी र हर्कपुरस्थित सुनकोशीमा पक्की पुल बनेपछि सहजरुपमा बस तथा जीपमा यात्रा गरेर आउन तथा जान सकिन्छ । कतिपय दर्शनार्थी तथा अवलोकनकर्ता सिधै हेलिकोप्टर चार्टर गरेर हलेसी आउने गरेका छन् । 

      http://www.chinaripost.com/pagegallery/2018080653.jpg

      तीन ठूला प्राकृतिक गुफाको अवलोकन तथा दर्शन गर्न मध्यपहाडी राजमार्ग हुँदै काठमाडौँबाट सात घण्टाको बस तथा जीप यात्रापछि हलेसी पुग्न सकिन्छ । हिन्दूधर्मको किम्वदन्तीअनुसार भष्मेश्वर नामक राक्षस पावर्ती पाउनका लागि हजारौँ वर्ष भगवान् विष्णुको तपस्या गर्छन् । 

      त्यसपछि, बरदान दिने क्रममा भस्मेश्वरले शिवजीलाई मार्न पाउनुपर्ने वरदान माग्छ । सोही वरदानअनुसार शिव र पार्वतीलाई खेद्दै जाने क्रममा हलेसी आएपछि, शिवपार्वती गुफाभित्र पस्छ । भष्मेश्वर पनि त्यही पस्छ । तर, विष्णुले पुनः जाल रची भष्मेश्वरलाई नै भष्म बनाइदिएपछि, शिवपार्वती त्यही विराजमान भएको किम्वदन्ती रहेको छ । 

      बौद्धमार्गीको धर्मग्रन्थमा बौद्ध धर्म गुरु पद्म सम्भवले बुद्धत्व प्राप्त गरेको हुँदा मारातिका गुम्बाको समेत स्थापना गरी महत्वपूर्ण स्थानको रुपमा उल्लेख गरेको पाइन्छ । गुफाभित्र किराती बस्ने गरेको पनि किम्वदन्ती छ । तीन ठूला प्राकृतिक गुफा रहेको हलेसीमा विभिन्न देवीदेवताका मूर्ति छन् । 

      यहाँ चैतमा रामनवमी मेला १५ दिन, मंसिरमा बालाचतुर्दशी मेला १२ दिन, फागुनमा शिवरात्रि मेला सात दिन र भदौमा तीज मेला तीन दिन लाग्छ । हलेसीको भावी योजनाअन्तर्गत हलेसी गुरुयोजना निर्माणको काम शुरु भएको छ । 

      पछिल्लो समय स्थानीयवासीको अतिक्रमणमा पर्दै गएको हलेसीको समग्र विकासका लागि गुरुयोजना निर्माणको काम थालिएको छ । 

      http://www.chinaripost.com/pagegallery/2018080619.jpg

        सम्बन्धित समाचारहरु