वैशाख ३१,२०८३ / ०६ : ४८ अपरान्ह / 2026-05-14 06:48 pm
      • param ad
      • furniture
      • veera Incorporation

      वरीपरी हिमालै हिमालले घेरिएको सानो होटलको ठूलो आमदानी

      - ७ वर्ष अगाडि
      असार ६,२०७५

      काठमाडौं, जहाँ वरिपरि हिमालै हिमालले घेरिएको छ । बीचमा रहेको टापु जस्तै डाँडामा सानो घर बनाइएको छ । 

      पहाडलाई मैदान वानएर हेलिप्याड पनि बनाइएको छ । रातको समयमा पहाडलाई सम्याएको मैदानमा पर्यटक टेण्ट टाँगेर आनन्दमय बास बस्छन् । धौलागिरि गाउँपालिका–४ बगराका हरिप्रसाद तिलिजाले विगत २५ वर्षदेखि मुदीस्थित धौलागिरि हिमालको आधार शिविर जाने पदमार्गमा होटल सञ्चालन गर्दै आईरहेको छ । तिलिजाले आफ्नो जीवनको महत्वपूर्ण समय सोही होटलमा खर्चिएका छन् । 

      त्यहाँबाट धौलागिरि हिमालको आधार शिविर पुग्न करीव एक दिनको पदयात्रा गर्नुपर्दछ । मुदीको अन्तिम मावनबस्ती जेल्टुङदेखि दुई दिनको पैदलदुरीमा रहेको ‘इटाली क्याम्प’मा धौलागिरि पदमार्ग हुदै आधार शिविर, चक्रिय धौलागिरि र धौलागिरि हिमालको आरोहणको लागि आउने पर्यटक बास बस्छन् । तिलिजा पर्यटककै सुविधाका लागि होटल सञ्चालन गरेको अरुलाई विश्वास गराउछन् । 

      उनले पर्यटकको लागि खाना र बास बस्ने राम्रो बन्दोबस्त मिलाएका छन् । समुद्री सतहदेखि करीब तीन हजार ६०० मिटर उचाइमा अवस्थित इटाली आधार शिविरमा तिलिजाले सञ्चालन गरेको होटलको क्षमता ४० जना सम्मको रहेको छ । आफूले निर्माण गरेको पाँचवटा मैदानमा तीनसय जना पर्यटक अटाउन सक्ने क्षमता छ । 

      दिउँसो तिनै उनले निर्माण गरेको मैदानमा हेलिकप्टर अवतरण गरिन्छ । मुदी, बगरा, दोभान हुँदै पदयात्राबाट पुग्न सकिन्छ । कतिपय पर्यटक हेलिकप्टरमार्फत घुम्न जाने गर्दछ । पर्यटकका लागि एक मात्र बास बस्न मिल्ने होटल हो । पदमार्ग सहज नभएका कारण धेरैजसो पर्यटक म्याग्दीको ताकमसम्म यातायातका साधनमार्फत तथा त्यहाँबाट हेलिकप्टर मार्फत इटाली क्याम्प पुगेर धौलागिरि हिमालको आधार शिविरतर्फ मोडिन्छन् । 

      होटल वरपरको क्षेत्रमा धौलागिरि १, मानापाथि, धौलागिरि २, धौलागिरि पाँच, छेउवन पिकलगायतका हिमशृंखला रहेका छन् । संसारको सातांैँ अग्लो धौलागिरि हिमाल को उचाई ८,१६७ मिटर रहेको छ । जसको आधार शिविर हुँदै धौलागिरिको फन्को मार्न तथा हिमाल आरोहण गर्ने पर्यटकका सुविधाका लागि होटल सञ्चालन गरेको तिलिजाले बताए । 

      होटल क्षेत्रबाट वरिपरिका हिमालबाट बग्ने आइसफलको दृश्य हेर्न त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्दछ । होटल सञ्चालन गर्न तिलिजाले रु ४० लाखभन्दा बढी लगानी गरेका छन् । सुरुमा उहाँले शुरुमा चौरवनमा खाजा पसल सञ्चालन गर्नुभएको थियो । पछि छाप्रो हालेर होटल शुरु गरेका हुन् । उनले होटल गरेदेखि अहिलेसम्म भएको सबै आम्दानी त्यसकै क्षमता विस्तारमा खर्चिएका छन् । 

      धौलागिरि पदमार्गमा वर्षमा ४० देखि ५० वटा समूहमा पर्यटक पुग्ने गरेका छन् । उनले सोलारमार्फत बिजुली बत्तीको आवश्यकता परिपुर्ति गछन् । उनलाई खानेपानीको समस्या भने धेरै छ तर त्यो समस्यालाई सुझाउन एक किलोमिटर टाढाको मुहानबाट पानी ल्याउने योजनामा रहेका छन् । 

      देशका अन्य पदमार्ग सडक सुविधाका कारण विस्थापित बनिरहेको अवस्थामा धौलागिरि चक्रिय पदमार्ग सडकबाट टाढा रहेकाले साहसिक यात्राका लागि गन्तव्य स्थलको रुपमा विकास गर्ने धौलागिरि गाउँपालिकाको योजना छ ।

        सम्बन्धित समाचारहरु