वैशाख ३१,२०८३ / ०६ : ४८ अपरान्ह / 2026-05-14 06:48 pm
      • param ad
      • furniture
      • veera Incorporation

      व्याक्तिगत तथा सार्वजनिक सवारी चालकको लापारवाही यस्तो छ,यो हेनुहोस्

      - ७ वर्ष अगाडि
      जेष्ठ ११,२०७५

      काठमाडौं, सवारी साधन आम सर्वसाधरणकोे निमित्त अत्यआवश्यक मानीन्छ । 

      तर तिनै अत्यवश्यक वस्तु कुनैं समय घातक वन्न पुग्छ । कारण सवारी चालकले अत्यधिक वेग संगै प्रतिस्पर्धात्मक रुपमा गुडाउनु त्यस पस्चात अचानक दुर्घटना हुनु हो ।

      त्यस्ता व्यक्तिगत तथा सार्वजनिक सवारी साधन लापारवाही अर्थात सवारी कानुन विपरीत सवारी साधन चलाउने चालकलाई कारवाहीको दायरामा ल्याईएता पनि हालसम्म चालकहरु भने  चेतनशील वन्न सकेका छैनन् ।

      उता ट्राफिक प्रहरी महाशाखाले लापारवाही रुपमा सवारी साधन चलाउने चालकको निमित्त २ घण्टाको सचेतनामुलक कक्षा समेत दिने गर्दछ । 

      महाशाखाले दिने सचेतनामुलक कक्षामा भने ट्राफिक नियम उलङघन गरे के कस्ता कारवाही तथा मानवीय क्षति हुन सक्छ भन्ने विषयलाई समेटिएको हुन्छ ।

      ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कामा भने  धेरै जसो लापारवाही रुपमा चल्ने सवारी साधन मध्येमा माईक्रोबस रहेको छ ।   

      सवै सवारी चालक नै हुन् तर एउटा कुसल सवारी चालकले काठमाडौ उपत्यकाको चक्र पथ परिसरमा सवारी साधन गुडाउदा सडक विभागले यति नै हो भनेर सवारी साधनको स्पिडको माप दण्ड भने हाल सम्म पनि यकिन गरीदिएका छैनन् । तर सवारी साधनको चापलाई मध्यनजर गरेर प्रति घण्टा ३० देखी ४० किलोमिटर सवारी साधन गुडाउन सकिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

      उता कोटेश्वर देखी भक्तपुर सम्मको सवारी साधनको गति भने  प्रतिघण्टा ६० किलोमिटर सडक विभागले निर्धारण गरेको छ । निश्चित एक  स्थानमा मात्र गति सिमितको मापदण्ड तोकिएको तर अन्य स्थानहरुमा निश्चित माप दण्ड नतोकिएको कारण वारम्वार सम्वन्धित निकायसंग समन्वयको हात अघि बढाएको समेत महाशाखाले वताए । 

      कतिपय अवस्थामा भने चालकहरुले विभिन्न ब्राण्डका सवारी साधनहरु ठूलो आवाज संगै अस्वभाविक गतिमा गुडाउने रेको पाईन्छ । ति अस्वभाविक आवाज तथा स्पिड  लिएर  सवारी साधन चलाउने चालकहरु प्नि सिनरन्तर रपमा कारवाहीको दायरामा पर्दै आएको  छ ।

      विगत २ महिनाको अन्तरालमा मा त्यस्ता ३ सय धन्दा वडि ठूला तथा अस्वभाविक आवाज निकाल्ने सवारी साधनहरुलाई कारवाहीको दायरामा ल्याईसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

      सवारीचालकहरुले लेन अनुशासनको वृहत रुपमा  पालना नगरेको कारण  महाशाखाले २०७१ असोज २६ गेतवाट लेन अनुशासन पालनामा कडाई अभियान सञ्चालनमा ल्याएका थिए । 

      सो अभियानको मितिवाट चैत्र  मसान्त सम्मको अवधिमा  २ लाख ४३ हजार ७ सय ४६ पुरुष तथा १२ हजार १ सय ७६  मलिा गरी जम्मा २ लाख ५५ हजार ९ सय २२ जना सवारी चालकहरुलाई कारवाहीको दायरा उभ्याएको छ  । 

      त्यसै गरी पुटपाथ तथा सडकमा पार्किङ गर्ने सवारी साधन विरुद्ध पनि महाशाखाले आर्थिक वर्ष २०७१÷०७२ सालवाट कारवाहीको अभियान नै सञ्चालन गरेको थियो । उक्त अभियान पस्चात चैत्र  मसान्त सम्मको अवधिमा  ९० हजार ३ सय ४७ व्यक्तिगत तथा सार्वजनिक सवारी चालकलाई कारवाही गरेको महाशाखाले जनाएको छ ।

      सन्देश शेर्पा



        सम्बन्धित समाचारहरु