वैशाख ३१,२०८३ / ०६ : ४९ अपरान्ह / 2026-05-14 06:49 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आम सर्वसाधरणले सार्वजनिक सवारी साधन चढ्दा यस्तो भोग्नु पर्छ समस्या

      - ७ वर्ष अगाडि
      जेष्ठ १०,२०७५

      काठमाडौं, काठमाडौ उपत्यकालाई विकशित सहरको रुपमा लिएता पनि पछिल्लो समय उपत्यकालाई धुवा,धुलो तथा अव्यवस्थित सहरको रुपमा सवैले चिन्न थालेका छन् । विभिन्न विकासको वाहानामा धुवा,धुलो बढिरहेको कारण काठमाडौ उपत्यकालाई  धुलो तथा अव्यवस्थित सहरको रुपमा चिनिएको हो । जसको कारण प्रत्यक्ष रुपमा मानव स्वास्थ्यमा प्रभाव परेको देखिन्छ । 

      उपत्यका भित्र कै  अत्यधिक सर्वसाधरण ओहोर दोहोर गर्ने विभिन्न स्थानहरु कोटेश्वर,चावहील,महाराजगञ्ज,  नयाँ बसपार्क ,बल्खु, सातदोवाटालगायत क्षेत्रमा धुलाम्मे छ भने जेव्रा क्रसिङ पनि सुन्य रहेको छ । 

      यि विभित समस्याले भरिपूर्ण ठाउंमा पैदल यात्रा गर्न निकै कठिन देखिएको छ । सम्वन्धित निकायले त्यसमा विभिन्न वाहानामा आलटाल गरीरहेको छ । अनविज्ञ रहेका सर्वसाधरणहरुको अकालमै ज्यान जान नसक्ला भन्न सकिन्न । यहाँ विकासको नाममा विद्रोह रहेको छ । 

      उपत्यकामा सर्वसाधरणले सार्वजनिक यातायात चढ्दा पाईरहेको विषयलाई लिएर आम सर्वसाधरणले सार्वजनिक यातायात चढ्दा  अपनाउनु पर्ने महत्पूर्ण कुराहरु के हुन सक्ला भनि महानगरीय ट्राफिक  प्रहरी महाशाखाका वरिष्ठ प्रहरी उपरिक्षक उमेश रञ्जितकारसंग सोधीएको प्रश्नको उत्तर भने यस्तो रहेको  छ । 

      १) निश्चित बस स्टपवाट मात्र बस चढ्ने र ओर्लने वानी बसाल्नु पर्दछ ।

      २) यात्रुहरुले बढि भाडा लियो सवारी सहचालकले भन्ने विषयमा आपैm सतर्क हुने र सकेसम्म खुद्रा पैशा लिएर मात्र यात्रा गर्नुपर्दछ ।

      ३) सकेसम्म बस भरीएकोअवस्थामा झुण्डिएर यात्रा गर्नुहुदैन ।

      ४) हात या शरिरका कुनैपनि अंग सवारीसाधन वाहीर निकालेर विारीसाधनमा नवसौं । 

      ५) आरक्षण सिटको वारेमा भरपुर जानकार हुनुपर्दछ ।

      ६) सवारी चालकको गतिविधि मुल्याङकन गरेर मात्र सार्वजनिक यातायात चढ्नुपर्छ ।

      ७) लाईनवद्ध रुपमा मात्र सार्वजनिक सवारीसाधनमा चढ्नु पर्दछ । यात्रुहरुले सवारीसाधन  लाईनवद्ध  रुपमा नचढ्नाले पाकेटमाराको मारवाट पनि वच्न नसकिने ।

      ८) यात्रुहरुले जथाभावी ठाउँमा रोक्नका लागि आग्रह गर्नु हुदैन । यात्रुहरु स्वयममा पनि चेतनाको विकास हुन जरुरी छ ।

      कति पय अवस्थामा आम सर्वसाधरणले पाउने दुःख सर्वसाधरणमा जानकारीको कमि र नियमको पालना नगरेको कारण पनि भईरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको भनाई छ  । उता हरेक १५ जना वा सोभन्दा बढी यात्रुहरू लिएर हिँड्ने क्षमता भएका सवारीसाधनमा आरक्षण सिट अनिवार्य तोकिएको हुन्छ । जसमा सम्वन्धित व्यक्तिहरुले सुविधा प्राप्त गर्ने आधारहरु भने यसरी उल्लेखित रहेका छन् । 

      क) अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ को दफा १० को उपदफा १० सार्वजनिक यातायातका साधनहरूमा अपाङ्ग व्यक्तिहरूका लागि केही स्थान सुरक्षित राख्ने प्रबन्ध गर्न सकिनेछ ।

      ख) सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०७ को उपदफा १ स् स्थानीय बाटोमा चल्ने यात्रुवाहक सार्वजनिक ठूला सवारीमा चारवटा सिट अशक्त व्यक्तिका लागि र दुईवटा सिट महिलाहरूका लागि सुरक्षित राख्नुपर्ने कर्तव्य सो यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीको हुनेछ ।

       कतिपय अवस्थामा आरक्षण सिटको पालना नगर्ने र सोही कारण पनि आरक्षित व्यक्तिहरुले असुविधाको महसुस समेत गर्ने गर्दछ  । आरक्षण सिटकै विषयलाई लिएर महाँनगरीय ट्राफिक प्रहरी महाशाखाले समय समयमा सवरीचालक तथा सहचालकहरुलाई सचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ  । र सम्वन्धित यातायात समितिलाई समेत आरक्षण सिटको पालना कडाईकासाथ गर्न निर्देशन समेत दिने गरेको महाशाखाले जनाएको छ । 

      कतिपय सार्वजनिक सवारीसाधनमा चढ्ने सर्वसाधरणहरु अटेरी भएको कारण आरक्षित व्यक्तिले दुःख पाईरहेको छ । तर ट्राफिक प्रहरी महाशाखाले हालसम्म आरक्षण सिटको सहिप्रयोग नगरेको खण्डमा कारवाही भने नगरेको यद्यपि अनुगमनको क्रममा त्यस्तो आरक्षण सिटको सहिरुपमा परिचालन नभएको भेटिए उक्त नियम कडाईकासाथ लागु गर्न चालक,सहचालक तथा यातायात समितिलाई निर्देशन दिने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

      सन्देश शेर्पा



        सम्बन्धित समाचारहरु