काठमाडौं, भक्तपुर को चाँगुनारायण नगरपालिका २ दुवाकोटमा रहेको एक अनाथ आश्रममा पुग्दा रातो रिबनले दुई चुल्ठी बानेकी कालिकोटकी १२ बर्षीय सरीता शाहि मख्ख थिईन आमा बुवाको अभावमा विचलित भएकी शाहि कालो झोला समाउदै भनिन् अब त किताब कपि जतन हुने भयो ।
आँखाभरी आँसु टिलपिल पार्दै भन्दैथिईन् आमाको साहारा यस्तो हुँदो रहेछ, उनीलाई झोला दिँदै गर्नुभएकी हेर्दा अनुभवी समाजसेवी लाग्ने एभरेष्ट बैंक न्युरोड शाखाकी प्रमुख अन्जु शर्मा सरीताको गाला मुसारदै भावुक वनेर भन्नुभयो मलाई आमा नै भन भन्दै माया बाँडेको प्रस्ट संग झल्रिहेको थियो । आमाको भूमिका निभाउन पुग्नुभएकी शर्माले साडीको आँचल समाउदै फेरी आउने आशा दिनुभयो ।
उनी मात्रै होइन त्यँहा रहेका १८ जना बालबालिकाहरु निकै खुसी देखिन्थे उनीहरु विभिन्न कार्यमा भ्याई नभ्याई थिए कोहि बालबालिका किताब, कपी, पेन्सिल लिन व्यस्त थिए कोहि स्कुलको पोशाक कोहि जुत्ता मोजा त कोही मिठो भोजन गर्न व्यस्त देखिन्थे ।
बिशेष कारण थियो विभिन्न सामाजिक काम गर्दै आएको एभरेष्ट बैंक लिमिटेड न्युरोड शाखाका कर्मचारीहरु विहिवार ओसी आर सी बालगृहमा विभिन्न सामाग्री लिएर वितरण गर्न पुगेका रहेछन् । 
संस्थागत सामाजिक उत्तरदायित्व अभियान कार्यक्रम अन्र्तगत विभिन्न संस्थालाई सहयोग गर्ने क्रममा यो पटक अनाथ आश्रामलाई सहयोग गर्न पाएकोमा शाखा प्रमुख अन्जु शर्माले एकदम गर्व लागेको बताउनुभयो ।
उहाँका अनुसार आश्रममा रहेका सम्पुर्ण बालबालिकाको लागि शैक्षिक सामाग्री, लत्ता कपडा,झोला, जुत्ता, खाद्यान्नमा चामल, दाल, लगायतका साममग्रीहरु संचालक चन्द्रमणि जोशी लाई हस्तान्तरण गर्नुभएको थियो । साथै बाबालिकालाई भोजन गराउदै आगामी दिनमा यस्ता कार्यक्रलाई निरन्तर दिने बताउनुभयो ।
२०५९ साल बाट संञ्चालन गरीएको संस्था सुरुवात दिनमा कुनै सहयोग नभए पनि हिम्मत र आत्मबिश्वासले सुरु गरेको ओसी आर सी बालगृहका संचालक चन्द्रमणि जोशी बताउनुहुन्छ ।
४ जना बालबालिका बाट सुरुवात गर्दा आफ्नै घरको चामलले पालिन्थ्यो विस्तारै संख्या बढ्दै गए पनि यसरी विभिन्न संस्थाहरुले सहयोग गर्नुहुन्छ यसले गर्दा सहज भएको बताउनुभयो । साथै बालगृहलाई सहयोग गरिदिने एभरेष्ट बैंक न्युरोड शाखाका सम्मपूर्ण परिवारलाई धन्यवाद दिदै आगामी दिनमा एभरेष्ट बैंक लगायत अन्य संस्थाहरुमा अपेक्षा गर्नुभएको छ ।










