काठमाडौं, नेपाली गीत संगीतको क्षेत्रमा एउटा सुपरिचित गायक, संगीतकार तथा संगीत प्रशिक्षक मदन गोपालले देशभक्तिपूर्ण गीत ‘लिपुलेकको बाटो’ सार्वजनिक गरेका छन् ।
गीतकार रमेश अधिकारीको रचनामा ‘लिपुलेकको बाटो’ म्यूजिक नेपालको आधिकारीक यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो ।
विश्वभरीका नेपालीहरुको ध्यान आकर्षित भएको लिपुलेक, लिम्पियाधुरा तथा कालापानी विषयमा आधारित देशभक्तिपूर्ण गीतमा गोपालको आफ्नै स्वर र संगीत रहेको छ भने आरके श्रेष्ठले सहायक आवाज दिएका छन् ।
गायक तथा संगीतकार मदन गोपालले नेपाली भूभाग भारतले अतिक्रमण गरीरहँदा देश विदेशमा रहेका नेपालीहरुलाई एक जुट हुन गीत मार्फत सन्देश दिन चाहेको गायक तथा संगीतकार मदन गोपालले बताएका छन् । उनी भन्छन् यस्तो अवस्थामा गीतको माध्यमबाट मात्र नभई परीआएको बेलामा देशको रक्षा गर्न खुकुरी बोक्न आँफु पछि नहट्ने उनको भनाई छ । उक्त गीतको साउण्ड प्रोडक्सन,रेकर्ड ,मिक्स अनि मास्टर शुसान्त गजुरेलले गरेका हुन ।
मोरङ्गको सिजुवामा जन्मेर आफ्नो कर्मथलो काठमाण्डौ बनाएका मदनले हालसम्म यस्ता थुप्रै बिषयमा गीत गाएका छन् ।
नेपालका विभिन्न विद्यालय तथा माइती नेपाल र म्युजिक नेपालको नेपाल म्युजिक संगीत विद्यालयमा पनि प्रशिक्षकका रुपमा कार्यरत मदनका आधुनिक, लोक पप लगाएतका गीतहरु हामी सुन्न पाउछौ ।
नेपाली श्रोता दर्शक माझ लोकप्रिय रहेका मदन गोपाले लकडाउनको समयलाई सदुपयोग गर्दै उनले युट्यूवबाटै संगीत कक्षा संचालन गरेका छन्