वैशाख १८,२०८३ / ०९ : २५ अपरान्ह / 2026-05-01 09:25 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप १० मा

      - ५ वर्ष अगाडि
      वैशाख २२,२०७७

      काठमाडौँ,  विश्वकै ठूलो गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेले टप १० मा आफ्नो स्थान सुरक्षित बनाएका छन् । 

      अमेरिकन आइडलमा विभिन्न चारणहरु पार गर्दै अगाडि बढिरहेका पोखरेले अगाडि बढ्नको लागि भोट गरेर आफूलाई जिताएकोमा सबै नेपाली तथा फ्यान्हरुलाई फेसबुक मार्फत धन्यवाद समेत दिएका छन् । उनका परिवार र साथीभाइहरुसहित नेपाली फ्यानहरुले उनका लागि भोट गर्न अपिल गरिरहेका छन् ।

      अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका थिए । त्यो क्रम अहिलेसम्म जारी छ । उनलाई टप ५ को दावेदारका रुपमा हेरिएको छ । अमेरिकन आइडलमा उनले आफूलाई ‘अर्थर गन’ नामले चिनाएका छन् ।

      सन् २०१४ मा उच्च शिक्षा अध्ययनका सिलसिलामा अमेरिका गएका दिवेश संगीतमा समर्पित भएर लागेको दुई वर्ष मात्रै भयो । काठमाडौंको एस कलेज इन्स्टिच्यूटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका गएका थिए ।

        सम्बन्धित समाचारहरु