वैशाख १८,२०८३ / ०९ : २४ अपरान्ह / 2026-05-01 09:24 pm
      • param ad
      • furniture
      • veera Incorporation

      अभिनेता शाहरुख खानले क्वारेन्टाइनका लागि दिने भए अफिस

      - ६ वर्ष अगाडि
      चैत २३,२०७६

      भारतीय अभिनेता शाहरुख खानले भारतमा कोरोना भाइरसको सम्भावित जोखिम रोक्न आफ्नो अफिस क्वारेन्टाइनका लागि प्रयोग गर्न दिने भएका छन् ।

      भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनले आफ्नो कार्यालयको चार तले भवनलाई क्वारेन्टाइन सेन्टर बनाउन प्रस्ताव गरेका छन् ।

      बालबालिका, महिला र वृद्धवृद्धाको रेखदेखको लागि शाहरुख खानले आफ्नो कार्यालयको चार तले भवन क्वारेन्टाइनका रुपमा प्रयो गर्न दिने जनाएका हुन् ।

      बृह्नमुम्बई महानगरपालिकाले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलबाट यो जानकारी दिएको भए पनि खान दम्पतीले भने आफ्नो कुनै पनि सामाजिक सञ्जालमा यसबारेमा केही लेखेका छैनन् ।

      शाहरुख खानले यसअघि गएको बिहीबार आफ्नो कम्पनीको समूहसँग मिलेर सहयोगको हात बढाएका थिए । सरकारी कोषदेखि ५० हजार पीपीई किट, मुम्बईका पाँच हजार पाँच सय परिवारलाई खाद्य सामग्री, १० हजार जनालाई तीन लाख भोजन किट लगायत सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

      भारतमा आइतबारसम्म ३ हजार ५८८ जना संक्रमित भएका छन् भने संख्या ८६ जनाको मृत्यु भएको छ । भारतमा संक्रमितमध्ये २२९ जना उपचारपछि निको भएका छन् । ३ हजार २७३ जना उपचाररत छन् ।

        सम्बन्धित समाचारहरु