वैशाख १८,२०८३ / ०९ : २६ अपरान्ह / 2026-05-01 09:26 pm
      • param ad
      • furniture
      • veera Incorporation

      जुत्ता पालिस गर्ने सन्नीले जिते इन्डियन आइडलको उपाधी

      - ६ वर्ष अगाडि
      फागुन १२,२०७६

      सनी हिन्दुस्तानी इन्डियन आइडल सिजन ११ का बिजेता बनेका छन्। कुनै समय बाटोमा जुत्ता पालिस गर्दै हिँड्ने निम्न वर्गीय परिवारका उनले सवैभन्दा धेरै भोट ल्याएर चर्चित रियालिटी शो जितेका हुन्।

      आइतबार राति भएको अन्तिम स्पर्धामा अन्य चार स्पर्धीलाई पछि पार्दै उनले इतिहास रचे।

      उनले २५ लाख रुपैयाँ र टिसिरिजको आगामी गीतमा गाउने अवसर प्राप्त गरेका छन्। टप टू मा रोहित राउत पुगेका थिए भने टप थ्री अनकोना मुखर्जी भइन् । त्यसैगरी टप फोर रिदम कल्याण र अद्रिज घोष टप फाइभ भए।

      अमृतसरका सनी इन्डियन आइडल ११ मा अडिसन दिनुअघि जिविकोपार्जनका लागि जुत्ता पालिस गर्थे । उनी आमा भने बेलुन बेच्ने र घरघर पुगेर चामल माग्ने काम गर्थिन्। अडिसनमै जजहरुको मन जितेका उनको गायकीको निकै चर्चा भएको थियो । यही बिचमा उनले केही फिल्मका लागि गीत गाइसकेका छन्।

        सम्बन्धित समाचारहरु