भाद्र १,२०७९ / ०४ : ०५ पूर्वान्ह / 2022-08-17 04:05 am

        १ करोड १५ लाखमा बिक्यो ‘सेन्टी भाइरस’ को इन्टरनेशनल राइट्स

        - २ वर्ष अगाडि
        माघ २१,२०७६

        धुर्मुस सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ को इन्टरनेशनल राइट्स १ करोड १५ लाखमा विक्री भएको निर्माण पक्षले जनाएको छ । फिल्म नेपालमा रिलिज नहुँदै महङ्गोमा विदेश राइटस् विक्री भएको हो । धुर्मुस सुन्तली फाउन्डेशनको अगुवाइमा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागि यो फिल्म निर्माण गरिएको हो । फिल्म सुबिहानी फिल्मसको ब्यानरमा निर्माण भएको हो ।

        फिल्मको अन्तर्राष्ट्रिय राइटस् यति ठूलो रकममा विक्री भएको यो पहिलो पटक हो । अमेरिकाको नेप्सिने कम्पनीले राइटस् खरिद गरेको निर्माण पक्षले जानकारी दिएको छ । सोमवार रंगशाला निर्माण स्थलमा सुबिहानी फिल्मस् को तर्फबाट कलाकार तथा अभियन्ता सिताराम कट्टेल (धुर्मुस) र नेप्सिने कम्पनी नेपालको प्रमुख विधान कार्कीबीच सम्झौता गरियो ।

        फिल्मको नाफाको ५० प्रतिशत रकम निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई दिइने यसअघि नै निर्माण टिमले घोषणा गरेको थियो । शैलेन्द्र डी कार्कीले खिचेको यो फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । यस्तै फिल्ममा कुमार कट्टेल र दीपक आचार्यको कथा छ ।

        दिन्डु लामा ल्ह्योमोले निर्माण गरेको यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्म फागुन ९ गतेदेखि देशभर प्रदर्शन हुँदैछ ।

        फिल्ममा सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ ।

          सम्बन्धित समाचारहरु