वैशाख १८,२०८३ / ०९ : २४ अपरान्ह / 2026-05-01 09:24 pm
      • param ad
      • furniture
      • veera Incorporation

      किसिङ सिन दिँदा कुनै मजा हुँदैन : दिशा पाटनी

      - ६ वर्ष अगाडि
      माघ २०,२०७६

      मुम्बई, भारतीय अभिनेत्री दिशा पाटनीले फिल्ममा दिइएको 'किसिङ सिन'मा कुनै मजा नहुने बरु धेरै 'प्रेसर' हुने बताएकी छन्। पाटनी अभिनित चलचित्र ‘मलंग’७ फेब्रुअरीबाट प्रदर्शन हुन लागेका बेला प्रमोसनमा व्यस्त पटानीले दैनिक भास्करसँग कुराकानी गर्दै यस्तो बताएकी हुन्। 

      यसका साथै उनले फिल्मसँग जोडिएका दृश्य र व्यस्त शेड्युलका विषयमा उनले केही खुलासा गरेकी छन्। 

      'किसिङ सिनमा कुनै मजा हुँदैन। यस्ता सिनमा कसैलाई पनि कुनै सहज अवस्था हुँदैन। मानिसहरूलाई लाग्दो हो, किस सिन दिँदा मजा आउँदो हो, तर यस्तो हुँदैन,' अन्तर्वार्तामा उनले भनेकी छन्। 'जब तपाईं त्यस्तो सिन दिइरहनु भएको हुन्छ त्यही बेला ठूला ठूला क्यामरा अगाडि तेर्सिएका हुन्छन्,' उनले थपिन्, '५० जना जति सेटमा हुन्छन्। उनीहरू सबैले घुरीघुरी हेरिरहेका हुन्छन्। दश जनाभन्दा बढी मोनिटरमा हेरिरहेका हुन्छन्। यस्तो बेला म ज्यादै प्रेसरमा हुन्छु। यसमा कुनै मजा हुँदैन।'

      फिल्म ‘मलंग’मा पाटनीका साथै सिद्धार्थ कपूर र अनिल कपूर मुख्य भूमिकामा छन्। 

      एजेन्सी 

        सम्बन्धित समाचारहरु