श्रावण २२,२०७९ / ०९ : २४ अपरान्ह / 2022-08-07 09:24 pm

        साम्राज्ञीको प्रेमी देवांशसँग अनस्क्रिन रोमान्स

        - २ वर्ष अगाडि
        माघ ७,२०७६

        काठमाडौँ,  अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह प्रेमी देवांश राणासँग म्युजिक भिडियो गर्दैछिन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियोको 'फस्टलुक' भन्दै उनले प्रेमी देवांशसँग खिचेको एक तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरको क्याप्सनमा लेखेकी छिन्, 'हामी अनस्क्रिन जोडी भएर भिडियोमा देखिँदै छौं' ।

        प्रेमी देवांशसँग 'बाली'को बिचमा खिचिएको तस्बिरपछि साम्राज्ञी प्रेम सम्बन्धमा खुल्न थालेकी छिन्। केहि महिनाअघि प्रेमी देवांशसँग उनी वीरगञ्जमा भएको एक कार्यक्रममा हात समाउँदै प्रस्तुत भएकी थिइन्। अब यो जोडी म्युजिक भिडियोमा पनि देखिँदैछिन्।

        'बाली'को तस्बिर हेरिसकेका दर्शकका लागि यी दुईको अनस्क्रिन रोमान्स खासै नौलो विषय भने होइन। साम्राज्ञीको हातमा अहिले कुनै फिल्म छैन। पछिल्लो समय 'कायरा', 'तिमीसँग', 'मारुनी','रातो टिका निधारमा' जस्ता फ्लप फिल्म गरेपछि साम्राज्ञी हतोत्साहित देखिन्छिन्। फिल्महरुको अफर आए पनि गरिहाल्ने छाँटकाट छैन। त्यसैले होला उनी अहिले म्युजिक भिडियोतिर ढल्केकी छिन्। बेलैमा बुद्धी पुर्‍याएको भए यति धेरै फ्लप फिल्मबाट बच्न सक्थिन् साम्राज्ञी। ढिलै भए पनि फिल्म छनौटमा गम्भीर देखिन्छन् उनी।

          सम्बन्धित समाचारहरु