वैशाख १८,२०८३ / ०९ : २४ अपरान्ह / 2026-05-01 09:24 pm
      • param ad
      • furniture
      • veera Incorporation

      अमेरिकामा नेपाली फिल्मका चर्चित कलाकारहरुको नृत्य

      - ६ वर्ष अगाडि
      पौष २४,२०७६

       काठमाण्डौ, अमेरिकाको ओहायो राज्यस्थित एक्रोनमा ‘मेरो डान्स कप’ को चौथो संस्करण र ‘मेरो भ्वाइस कप’ को दोश्रो संस्करणको उद्घाटन कार्यक्रममा नेपाली फिल्मका चर्चित कलाकारहरुले नृत्य प्रस्तुत गरेका छन् । दीलिप रायमाझीको जोडी बनेर केकी अधिकारीले डान्स गरेकी थिइन् भने फिल्म ‘आगो’ जोडी सुशील क्षेत्री र सारंगा श्रेष्ठले ‘माया बस्यो मुटुमा’ गीतमा आफ्नो प्रस्तुती दिएका थिए ।

      वर्षौपछि एकसाथ देखिएका सुशील र सारंगाको नृत्य कार्यक्रमको प्रमुख आकर्षण बनेको थियो । दीलिप र केकीको नृत्यमा पनि दर्शक झुमेका थिए । नृत्य र गायन रियालिटी शोको उद्घाटन कार्यक्रममा अभिनेता मुकेश ढकाल र अभिनेत्री मेलिना मानन्धरले पनि आफ्नो प्रस्तुती दिएका थिए । त्यस्तै, अभिनेत्री अरुणिमा लम्सालको नृत्य पनि कार्यक्रमको आकर्षण बनेको थियो । 

      कार्यक्रममा अमेरिकामा रहँदै आएका फिल्म र संगीत क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । गायिका सपना श्री, अन्जु पन्त, नायिका पूजा चन्द, गायक शिव परियार, जयदिश समाल, बाबु बोगटी, हाँस्य कलाकार सन्दिप क्षेत्रीसँगै ‘मेरो डान्स कप’ तथा ‘मेरो भ्वाइस कप’ युएसएका विगतका सिजनका विजेताहरुले पनि कार्यक्रममा आफ्नो प्रस्तुती दिएका थिए । 

      इन्टरनेशनल वेल फेयर एन्ड सपोर्ट फाउन्डेशनको आयोजनामा हुन लागेको ‘मेरो डान्स कप ४’ तथा ‘मेरो भ्वाइस कप २’ मा सहभागिताका लागि फर्म पनि खुल्ला गरिएको छ । इच्छुकले ‘मेरो डान्स कप’ को फेसबुक पेजबाट आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । अमेरिका र क्यानडामा बसोबास गर्ने नेपाली भाषीहरुले यो प्रतियोगीतामा भाग लिन सक्ने बताइएको छ । 

        सम्बन्धित समाचारहरु