गायक दशरथ भट्टराईको लोक लयमा आधारित गीत बसन्त आयो गायकको आफ्नै यूटूब च्यानल मार्फत सार्वजनिक भएको छ ।
गायकले आफ्नो जन्मभूमि इलामको फिकल र अन्तु को सेरोफेरो लाई आधार बनाएर लेखेको उक्त गीतको संगीत पनि गायक भट्टराईकै रहेको छ । गायनमा सहयोग स्मृति शाही ले गरेकी छिन् ।
माल्सी स्टुडियो पुतलीसडकमा रेकर्डिगं गरिएको उक्त गीतको एरेन्जर दीपक संगमले गरेका छन् । विक्रम चौहानले निर्देशन गरेको म्यूजिक भिडियोमा मुख्य भूमिका अभिमन्यू न्यौपाने, दीक्षा भट्टराई र संजीब तामाङले निभाएका छन् ।
हेर्नुहोस भिडियो