काठमाडौं, नेपाली नाट्य क्षेत्रमा अब्बल कलाकारको रुपमा स्थापित सरिता गिरीले थुप्रै नाटकमा आफ्नो कला देखाइसकेकी छिन् । नाटकका साथै उनले चलचित्रमासमेत अभिनय गरेकी छिन् ।
गिरीले २०५७ सालदेखि नै नाटकमा एकल प्रस्तुती दिन थालेकी हुन् । उनले अभिनय गरेका सबै नाटकहरुलाई दर्शकले उत्तिकै मन पराएका छन् ।
उनको रङ्गमन्चमा विशेष योगदान छ । मार्सल आर्टबाट कलाको क्षेत्रमा प्रवेश गरेकी गिरी सफल कलाकारको छाप छोड्न सफल भइसकेकी छिन् ।
नेपालमा कलाकारित क्षेत्रको व्यस्ततालाई केही समय थाती राखेर यतिबेला उनी अष्ट्रेलियमा छिन् । बडादशैको अवसरमा अस्ट्रेलियामा बस्नुहुने नेपालीहरुका लागि थिएटर वर्कसपका गर्ने तयारी गरेकी हुन । अष्ट्रेलियामा उनी ३ महिना बस्ने जानकारी दिएकी छिन् । त्यस अवधिमा उनले विभिन्न स्थानमा भ्रमण गर्ने कार्यतालिका बनाएकी छिन् । त्यस्तै तिहारको अवसरमा उनी अभिनित चलचित्र कागज पत्र प्रदर्शनको तयारी पनि भइरहेको छ ।