काठमाडौं, आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । ‘साइनो’, ‘रे’ र ‘काँचुली’ आजबाट एक साथ प्रदर्शनमा आएका हुन् ।
‘साइनो’ रमेश थापाले निर्देशन गरेको चलचित्र हो भने ‘रे’लाई राजेन्द्र त्रिपाठीले र ‘काँचुली’ शंकर अधिकारीले निर्देशन गरेका हुन ।
अभिमन्यु निरबीले लेखेको साईनो चलचित्रमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, राजा राजेन्द्र पोखरेल, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायत कलाकारको अभिनय छ । ‘साइनो’ का निर्माता भुवन थापा चन्द हुन ।
‘रे’ मा सुनिल थापा, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा लगायतको छ ।
यता, ‘काँचुली’ मा भने ईश्वर खाती, शुभेच्छा थापा, रश्मि भट्ट लगायतको अभिनय रहेको छ ।








