काठमाडौं , सुवास थापा र दिनेश राउतले निर्माण गर्न लागेको फिल्म ‘सेल्फी किङ’ मा अभिनेता विपिन कार्कीले अभिनय गर्ने भएका छन् । यसअघि विपिनले सोही टिमसँग चलचित्र ‘प्रसाद’ मा समेत काम गरेका थिए । केही दिनअघि मात्र उनलाई फिल्मको शीर्ष भूमिकामा अनुबन्धित गरिएको हो ।
निर्माण टिमका अनुसार उक्त फिल्मको छायांकन भदौदेखि सुरु हुनेछ । फिल्मलाई विशाल सापकोटाले निर्देशन गर्ने बताइएको छ । सापकोटाले यसअघि चलचित्र ‘आइ एम सरी’ मा अभिनय गरेका थिए ।
चलचित्रमा नायिका को रहने भन्ने बिषय अझै टुङ्गो लागेको छैन । विपिन कार्कीको मुख्य भूमिका रहने भनिएको उक्त फिल्मको आधिकारिक घोषणा भने गरिएको छैन ।








