श्रावण २२,२०७९ / ०९ : ४१ अपरान्ह / 2022-08-07 09:41 pm

        श्रेया राईको ‘जुराईदेउ सोझो पोई’ सार्वजनिक ( भिडियो सहीत )

        - ३ वर्ष अगाडि
        श्रावण १९,२०७६

        आउँदै गरेको तिजको पुर्वसन्ध्यामा रेकर्ड भएका तिजका गीतहरुले बजार तताएका छन । दिनानुदिन नयाँ-नयाँ तीज गीतहरु सार्वजनिक भईरहेका छन । यसै क्रममा सुमधुर स्वरकी धनी भ्वाईस अफ नेपालकी सेमीफाईनलिष्ट श्रेया राईको आवाजमा पनि मौलिक तीज गीत सार्वजनिक भएको छ ।

        गायिका राईको ‘जुराईदेउ सोझो पोई’ नामक तीज गीत धनकुटा खबरको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । बढ्दो उमेरसँगै पारिवारिक सुख र सन्तान सुखको लागि वैवाहिक बन्धनमा बाँधिने नियम प्राक्रृतिक नै हो । यसै नियमलाई आत्मसात गर्दै युवतीले हरतरहका परिस्थिती र अबस्थामा हात र साथ दिने पोई अर्थात श्रीमान मिलोस भन्ने चाह राख्छन भन्ने कुरालाई गीत मार्फत बुझाउन खोजिएको छ ।

         साहित्यकार ओम प्रकाश निरौलाको शब्द रहेको उक्त गीतमा यम के निरौलाको सङ्गीत रहेको छ भने मनोज साङ्सोन राईले सङ्गीत संयोजन गरेका छन । अस्मिता श्रेष्ठले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा आरती हमाल, बिवुती शर्मा, कृती लिम्बू, सम्रचना तामाङ, चाँदनी पौठाक, क्रिपा खड्का, अमिशा मल्ल आदि कलाकारले अभिनय गरेका छन ।  लेखक निरौलाकै निर्देशन रहेको उक्त गीतलाई युगराज खड्काले छायांकन गरेका छन भने रमेश भिके रसाईलीले सम्पादन गरेका छन । 

          सम्बन्धित समाचारहरु