वैशाख १८,२०८३ / ०९ : ४२ अपरान्ह / 2026-05-01 09:42 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ओम प्रकाश द्धारा निर्देशित भिडियोमा पत्रकार धमलाको अभिनय बालापन भाग्दै (भिडियोसहित)

      - ६ वर्ष अगाडि
      श्रावण १४,२०७६

      काठमाण्डौ, प्राइम टाइम्स टेलिभिजनकी पत्रकार मनु धमला मोडलिङमा पनि जम्दै गएकी छिन् । उनै धमलाले अभिनय गरेको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

      बालापनको उत्सुकता र चन्चलतालाई ऊजागर गर्दै ‘वाला पन भाग्दै’ वोलको गीत सार्वजनिक गरिएको हो । धनकुटा खबरको युटुव च्यानलवाट उक्त गीत सार्वजनिक गरिएको हो । यसअघि धमलाले पल शाहसँग पनि अनस्क्रिन रोमान्स गरेकी थिइन् । शाह र धमलासहित अन्य कलाकार संलग्न १४ अन्चल बोलको गित निकै लोकप्रिय भएको थियो । 

      धमला अभिनित गितमा भर्खर मात्रै गायन यात्रामा पाइला टेकेकी पाख्रीवास नगरपालिका ७ मुगा, धनकुटाकी सुमिना बराइलीले स्वर दिएकी छिन् । मिठो स्वरकी धनी सुमिना बाल्यकालदेखि नै गायनमा रुची राख्ने गर्थिन् । अहिले त्यही स्वरको सदुपयोग गर्दै उनी एक पछि अर्को गीत रेकर्डिङमा लागेकी छिन् । पढाईसंगै गायनमा लागेकी उनी गायनलाई नै भविश्य बनाऊने सोच लिएर अघि बढेको बताऊछिन ।

      /pagegallery/2019073012.jpg

      गीतमा टिपिकल शब्दभएकोले शब्दअनुसार लय भर्ने प्रयास गरेको बताऊदै संगितकार साजन राईले सम्पूर्ण टीमले नै गीतलाई न्याय दिने प्रयास गरेको बताएका छन । वुद्विमान वराईलीको शब्द रहेको उक्त गीतमा चन्दु गोर्खालीले लय भर्ने काम गरेका छन । 

      ओम प्रकाश निरौलाद्वारा निदेशित भिडियोको अवधारणा विष्णु विक्रम निरौलाको रहेको छ ।  त्यस्तै युगराज खड्काले चित्रमा ऊतारेको उक्त गीतको नृत्यनिर्देशन अश्मिता श्रेष्ठले गरेकी छिन् ।

        सम्बन्धित समाचारहरु