भाद्र १,२०७९ / ०३ : ३४ पूर्वान्ह / 2022-08-17 03:34 am

        छबी र शिल्पालाई खोज्दै प्रहरी ( भिडियो सहीत )

        - ३ वर्ष अगाडि
        श्रावण ९,२०७६

        पछिल्लो समय निकै चर्चामा आएका नाम हुन शिल्पा पोखरेल र छबिराज ओझा । सम्बन्धले यि दुबै जना पती पत्नी हुन । ३ बर्ष अगाडि शिल्पा र छबीले गुपचुप बिहे गरेका थिए । तर अहिले उनिहरुको पारिवारिक झगडाले ठुलो रुप लिएको छ । शिल्पाले केही दिन अगाडि आफु असुरक्षित भएको भन्दै प्रहरिमा उजुरी दिएकी थीईन । सामान्य मिलापत्र पछी विवाद साम्य हुँदै गएको थियो । तर फेरी यही घटनामा एउटा नयाँ मोड आएको छ । त्यो हो , छबी कि जेठि श्रीमती हेमा द्वारा छबी बिरुद्द बहुबिबाहको मुद्दा दर्ता । 

        ४ वटा बिहे गरेका छबी बिरुद्द बहुबिबाहको मुद्दा परेपछी प्रहरीले छबी र उनकी कान्छी श्रीमती शिल्पालाई पक्राउ गर्नको लागि पक्राउ पुर्जी जारी गरेको छ ।  मुद्दा दर्ता भएसँगै पक्राउ आदेश लिन प्रहरी काठमाडौं जिल्ला अदालत पुगेको थियो । अदालतले बुधबार नै पक्राउ गरी आवश्यक अनुसन्धान गर्न अनुमति दिएको छ । यो सँगइ छबी र शिल्पालाई अहिले प्रहरिले खोजिरहेको छ । 

        महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले छवि र सिल्पालाई प्रहरीले खोजी गरिरहेको जानकारी दिएका छन ।  

        प्रहरीका अनुसार ५६ वर्षीय छवि र २६ वर्षीया शिल्पाबीच ०७३ को असारमा विवाह भएको थियो । तर, कानुनी रूपमा विवाह दर्ता भने ६ महिनाअघि मात्रै भएको थियो । सोही आधारमा छविकी जेठी श्रीमती हेमाले दुईविरुद्ध बहुविवाहको मुद्दा हालेकी थिइन् । प्रहरी परिसर काठमाडौंअन्तर्गतको कालिमाटीस्थित महिला सेलबाट उनीहरूविरुद्धको मुद्दामा अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार छवि र हेमाबीच ०४१ मा विवाह भएको थियो ।

        नेपाली चलचित्रकी तत्कालीन नायिका गिताञ्जली सुनुवारसँग सम्बन्ध झाँगिएपछि हेमा छविबाट अलग्गिएकी थिइन् । सुनसरी धरान–१ मा एक्लै बस्दै आएकी ५३ वर्षीया हेमाले वैवाहिक जीवनको ३५ वर्षपछि मात्रै छविविरुद्ध बहुविवाहको मुद्दा हालेकी हुन् । गीताञ्जलीले आत्महत्या गरेपछि छवि रेखा थापासँग नजिकिन पुगे  । १२ वर्षसम्म लिभिङ इन रिलेसनसिपमा रहेका छवि र रेखाको सम्बन्ध केही बर्ष अगाडि टुंगिसकेको छ । शिल्पा छबिकी कान्छी श्रीमती हुन । 

        अब कुरा कानुनी ब्यवस्था को ।  मुलुकी अपराध संहिता–०७४ को विवाहसम्बन्धी महलको धारा १७५ ले बहुविवाहलाई बन्देज लगाएको छ । धारा १७५ को उपधार १ र २ मा वैवाहिक सम्बन्ध कायम भएको अवस्थामा कुनै पनि पुरुषले अर्को विवाह गर्न पाउँदैन । विवाहित भएको जान्दाजान्दै महिलाले पनि पुरुषसँग विवाह गर्न पाउँदिनन् । कसैले उपधार १ र २ उलंघन गरेको प्रमाणित भए विवाह गर्ने र गराउने दुवैलाई एक वर्षदेखि पाँच वर्षसम्मकौ कैद सजाय र दश हजार रुपैयाँ जरिवाना हुनेछ ।

          सम्बन्धित समाचारहरु