भाद्र १,२०७९ / ०३ : २७ पूर्वान्ह / 2022-08-17 03:27 am

        शिल्पा र छवीको नयाँ मोड , जेठि पत्नीद्वारा बहुविवाहको उजुरी दर्ता

        - ३ वर्ष अगाडि
        श्रावण ६,२०७६

        काठमाडौं , पछील्लो समय निकै चर्चा बटुलेको बिषय हो चलचित्रकर्मी शिल्पा पोखरेल र छबी ओझाको खटपट । नेपाली फिल्मी क्षेत्रमा बारम्बार चर्चामा आइरहने छविराज ओझा हिरोईन जन्माउन माहिर छन् र उनले फिल्मी दुनियामा ल्याएका प्रायः हिरोइन् सफल पनि बनेका छन् ।

        तर, उनी ओझा पछिल्लो समय विवादै विवादमा फसेका छन् । यतिसम्म की उनी आफुभन्दा धेरै नै कान्छी उमेरकी शिल्पा पोखरेललाई श्रीमति बनाउने कुराले त चर्चा पायो नै त्यसबाहेक अहिले तिनै शिल्पा पोखरेलले श्रमिानबाटै खतरा रहेकाले सुरक्षाको माग गरेपछी यो बिषयले बजार ततायो। 

        अहिले फेरी त्यही विवादले नयाँ मोड लिएको छ । ओझाकी जेठी श्रीमतिले अभिनेत्री शिल्पा र निर्माता छविराजविरुद्ध बहुविाहको मुद्दा दर्ता गराएकी छन् ।ओझाकी जेठी श्रीमती हेमा ओझाले श्रीमान छवि र शिल्पा पोखरेलबिरुद्ध आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा बहुविवाहको उजुरी दिएकी हुन् ।

        यता कान्छी श्रीमती शिल्पाले डिभोर्सका लागि केही दिनअघि अदालतमा निवेदन दिइसकेको बताएकी छन् । छविको जेठी श्रीमतीले आइतबार बहुविवाहको मुद्धा दर्ता गराएपछि छवि र शिल्पाबिचको विवादले नयाँ मोड लिएको छ । वहुविवाहसम्बन्धि कानुनले वहुविवाह गर्ने श्रीमान र उनीसँगै विहे गर्ने नयाँ दुल्हनले पनि जेल जानुपर्ने व्यवस्था गरेको छ ।

        शिल्पा र छविले तीन वर्ष अगाडी गुपचुप विवाह गरेका थिए । छविको चौथो श्रीमतिको रुपमा भित्रिएकी शिल्पाले गएको महिना श्रीमान छविवाट घरेलु हिंसामा परेको भन्दै प्रहरी परिसर टेकुमा उजुरी दिएकी थिइन् । त्यहाँ दुईबीच अब कहिल्यै झगडा नगर्ने भन्दै मिलापत्र भएको थियो । तर, कागजी सहमति भए पनि शिल्पा घर नफर्किने बताएकी थिइन् । 

        ‘मसंग सम्बन्ध रहँदा रहँदै वहुविवाह गरेकोले हिजोमात्र मैले विपक्षी पति छविराज ओझा र शिल्पा पोखरेलबीच मिति २०७५ साल पौष ११ गते विवाह दर्ता गरेको नीज विपक्षीहरुको विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि फेला पारेपछि नीजहरुले वहुविवाह गरेको प्रमाणित नै भएकाले निज मेरो विपक्षी श्रीमान छविराज ओझाले घरमा श्रीमति (म) हुँदाहुँदै छोरी भन्न सुहाउने उमेरकी शिल्पा पोखरेलसँग वहुविवाह गरेको हुँदा म यो जाहेरी लिई उपस्थित भएकी छु’ हेमाले दिएको जाहेरीमा लेखिएको छ, ‘निज मेरा विपक्षी पति छविराज ओझा र निज शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजिम यथासक्य चाँडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाई अनुसन्धानसमेत गरि निजहरुलाई कानुन बमोजिम सजाय गरि गरिपाउँ ।’

          सम्बन्धित समाचारहरु