काठमाडौं , पछील्लो समय प्रकाश सपुत र शम्भु राइको विवादले चर्चा पाइरहेको छ । प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयले गायक शम्भू राई र प्रकाश शपूतलाई तीन दिन भित्र मिल्न आग्रह गरेको छ ।
शपूतको गीत ‘गलबन्दी’ आफ्नो गीत ‘आऊ नाचौं साथी हो’सँग हुबहु मिलेको भन्दै राईले कपिराइटमा मुद्दा दर्ता गरेपछि छलफलका लागि बोलाएको रजिष्टार कार्यालयले आपसी छलफलमा मिल्नका लागि तीन दिनको समय दिएको हो ।
दुईपक्षबीच सहमति हुन नसके त्यसपछि हुने कानुनी प्रकृयाका बारेमा रजिस्टारले जानकारी दिएको छ । दुईपक्षबीच आइतबारको छलफलमा गायक राईले आफूलाई सपूतले क्रिएसनमा आफ्नो नाम राख्नु पर्ने पुरानै अडान दोहोर्याएका थिए भने शपूतले त्यसलाई अस्वीकार गरेका थिए ।
गायक राईले आफू आफ्नो मागमा अडिग रहेको बताएका छन । रजिष्टार कार्यालयका अनुसार तीन दिनमा सहमति नभए मुद्दा प्रहरीमा जानेछ । प्रहरीको अधिकृतभन्दा माथिका अधिकारीको अनुसन्धानबाट प्राप्त प्रतिवेदनका आधारका अदालतमा मुद्दा पुगेपछि अदालतले अन्तिम निर्णय गर्नेछ ।
संगीतको विश्वब्पापी मान्यताअनुसार कुनै पनि गीतमा एउटा नोट मात्रै नमिलेको अवस्थामा पनि कपिराइट लाग्दैन । आठ बारसम्म एउटामात्रै नोट तलमाथि भयो भने कपिराइट नलाग्ने मान्यता छ ।
‘गलबन्दी’ सबैभन्दा छोटो समयमा युट्युबमा करोड ‘भ्युज’ पाएको गीत हो भने ‘आउ नाचौं साथी हो’ शम्भु राईले ०४८ सालमा रेकर्ड गरिएको गीत हो ।








