वैशाख १८,२०८३ / ०९ : २४ अपरान्ह / 2026-05-01 09:24 pm
      • param ad
      • furniture
      • veera Incorporation

      बर्षाको ड्रेस चर्चा

      - ६ वर्ष अगाडि
      असार ५,२०७६

      काठमाडौं–,केही पहिले चलचित्र ‘जात्रै जात्रा’ प्रदर्शनका लागि अस्ट्रेलिया पुगेकी अभिनेत्री वर्षा राउत पहिरनका कारण विवादमा परिन् । 

      उनले लगाएको सेतो र कालो रंगको पान पिस गाउन छातीतर्फ निकै खुलेको थियो । त्यो ड्रेस वक्षस्थल आधाभन्दा बढी देखिएको थियो । 

      सो पहिरनमा उनको विभिन्न पोजको खिचेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो । 

      अस्ट्रेलियाबाट फर्किएपछि अभिनेत्री वर्षाले मंगलबार बेलुका जात्रै जात्राको विशेष प्रदर्शनीमा सो पहिरनबारे मुख खोलेकी छिन् । 

      विगतमा यस्तो पहिरनमा नदेखिएकी यी अभिनेत्री बिबाह भएको चार महिनापछि किन यस्तो पहिरनमा प्रस्तुत भइन् भन्ने जिज्ञासामा सामाजिक सञ्जालमा उठेको थियो । 

      यसबारे वर्षाले भनिन्, ‘तपाईँ आफूलाई जे मन लाग्छ, त्यो लगाउनुस् र दुनियाँको कुरा नसुन्नुस् ।’

      सो कपडा लगाएकोमा आफूलाई कति पनि आपति नभएको र अप्ठ्यारो नलागेको उनले बताइन् । 

      उनले थपिन्, म त्यो ड्रेसमा कन्फटेबल छु, मेरो वरिपरि भएका मानिसलाई समस्या छैन । मेरो परिवारलाई समस्या छैन । मलाई माया गर्ने दर्शकलाई केही समस्या छैन भने मैले यसको जवाफ दिनु आवश्यक छ भन्ने लाग्दैन ।’

       राजधानी दैनिक

        सम्बन्धित समाचारहरु