मंसिर २१,२०८२ / १० : ४२ पूर्वान्ह / 2025-12-07 10:42 am
      • param ad
      • furniture
      • veera Incorporation

      गर्लफ्रेन्डलाई बाईकमा बोकेपछि अशोक दर्जी फेरि चर्चामा

      - ६ वर्ष अगाडि
      जेष्ठ २८,२०७६

      ‘मन विनाको धन ठूलो कि…’ गीतबाट एकाएक चर्चामा आएका बाल गायक अशोक दर्जी पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् ।

      गायक तथा संगीतकार टंक बुढाथोकीको स्वर रहेको सिम्पल डिम्पल बोलको गीतको म्युजिक भिडियोकोमा उनी देखिएका हुन् । गीतको भिडियो हिजो मात्रै युट्युबमा सार्वजनिक गरिएको छ ।

      गीतको म्यूजिक भिडियो सार्वजनिक हुनु अगावै सुटिङ स्थलका क्लिपहरुबाटै उनको चर्चा हुन थालेको थियो। भिडियोमा अशोक दर्जी र ए आर बुढाथोकी, एल्भिना, दीक्षा लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ । जहाँ अशोक दर्जीले बाइकको पछि केटी राखेर हुइँकिएको देखाइएको छ ।

      पूर्वी नेपालका विभिन्न ठाउँमा बाटोमा बसेर गीत गाउँदै आएका दर्जीका गीत युट्युवमा भाइरल बनेपछि उनको उद्धार गरी गायक तथा संगीतकार बुढाथोकीले आफ्नो संरक्षणमा राखेका छन् ।

        सम्बन्धित समाचारहरु