श्रावण २२,२०७९ / १० : १० अपरान्ह / 2022-08-07 10:10 pm

        कट्रिनाको साडिमा सलमानको आँखा

        - ३ वर्ष अगाडि
        जेष्ठ १९,२०७६

        बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफको फिल्म 'भारत' चार दिनपछि ईदमा रिलिज हुँदैछ । 

        दर्शकहरू उक्त फिल्मको तीव्र प्रतिक्षामा छन् । उता सलमान र कट्रिना पनि फिल्मको प्रचारप्रसारमा भब्य रुपमा जुटेका छन् । 

        यतिबेला सामाजिक सञ्जालभर भारतको प्रोमोशनमा सलमान र कट्रिना छाइरहेका छन् । 

        कट्रिना 'भारत'को प्रमोशनमा प्राय: साडीमा देखिएकी छन् । कट्रिनाको साडीको चर्चा भइरहेको छ । उनलाई साडीमा निकै सुन्दरी देखिएको छ । 

        उनको सुन्दरतामा सलमान पनि फिदा भएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा कट्रिनाको फोटो पोस्ट गर्दै त्यसको संकेत देखाएका छन् । 

        उक्त फोटोमा सलमान र कट्रिना सिँढीमा देखिएका छन् । कट्रिना पहेँलो साडीमा छिन् । 

        सलमानले कट्रिनालाई निकै मायालु तरिकाले हेरिरहेका छन् ।

          सम्बन्धित समाचारहरु