मंसिर २१,२०८२ / १० : ४२ पूर्वान्ह / 2025-12-07 10:42 am
      • param ad
      • furniture
      • veera Incorporation

      चर्चित अनुहार नै अडिसनमा

      - ६ वर्ष अगाडि
      जेष्ठ १२,२०७६

      काठमाण्डौ - नेपालमा पनि फिल्मको लागि अडिसन लिन फ्याट्टफुट्ट सुरु हुन थालेको छ । यसैक्रममा आसुसेन फिल्मस्बाट निर्माण हुन लागेको प्रेमगीत ३ मा चर्चित अनुहारले पनि अडिशन दिएका छन् । प्रेमगित र प्रेमगित २ को सफलता पछी बन्न थालेको यो चलचित्रलाई पनि आशाको रुपमा हेरिएको छ । प्रेमगित ३ को लागि भएको अडिसनमा २५ जनालाई सेलेक्ट गरिएको छ ।  

      टप २५ मा उनीहरु पर्न सफल भएकामध्ये अञ्जली अधिकारी, श्रद्दा क्षेत्री, करुणा श्रेष्ठ, पूजा तिवारी र रितु पौडेलले गीतको भूमिका लागि अडिशन दिएका थिए ।

      करुणले सय कडा दश, श्रद्धा क्षेत्रीले हृदयभरि, पूजा तिवारी लव यू वेवी र रितु पौडेलले यो मया कस्तो माया मा लिड भूमिका गरेका थिए भने अञ्जली अधिकारीले प्रकाश सुपूतको बोल मायाको चर्चित म्युजिक भिडियोमा अभिनय गरेकी थिइन ।  

      आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्मित २०७२ सालको रोमान्टिक हिट 'प्रेमगीत' र यसका मुख्य पात्र 'प्रेम र गीत' ले त्यतिबेला दर्शकहरुमाझ आफ्नै छुट्टै स्थान बनाए जसले गर्दा चलचित्र प्रेमगीतले दर्शकको मन जित्न सफल भएको थियो ।  

      अब बन्न लागेको चलचित्रको तेश्रो संस्करणमा निर्माण पक्षले गीतको लागि सुहाउदो अनुहार र पात्रको खोजी गर्दै केही समय अघि अडिसनको आह्वान गरेको थियो। उक्त अडिसनको लागि गीतमा खेल्न इच्छुक २७ सय १४ जना युवतीको आवेदन परेको थियो । 

      निर्माण पक्षले आएका आवेदनहरुबाट विभिन्न आधारमा अव्वल २५ जनालाई छनौट गरेको छ। आशुसेन फिल्मस् ले यसअघि चलचित्र 'प्रेमगीत'मा नायक प्रदीप खड्कालाई पनि अडिसन मार्फत नै रोजेको थियो ।  

      निर्माण पक्ष अनुसार अहिले छनौटमा परेका २५ जना सहभागीहरु नै नायिका बन्न सक्ने सम्भावना बोक्दछन। 

      चलचित्र 'प्रेमगीत ३'लाई भने यसपटक निर्देशक छेतन गुरुङ्गको साथमा यसअघिका प्रेमगीत चलचित्रको निर्माता सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन्।

        सम्बन्धित समाचारहरु