प्रविन कुमार अधिकारीको रचना र निर्देशनमा गायक विक्रम थापा र सृजना के.सी. को मिठो आवाजमा कान्छी तिमीलाई... भन्ने बोलको गीत सांगीतिक बजारमा आएको छ ।
लोक लयलाई पक्डेर तयार गरेको यो गीतको सगींत गायक विक्रम थापाकै रहेको छ । यस गीतको छायांकन धेरै मात्रामा अमेरिकाका विभीन्न ठाउँमा गरिएको छ तथा केही दृश्यहरु नेपालमा पनि खिचिएको छ । यो म्यूजीक भिडियोको छायाकंन दीपक गिरिले गरेका छन् भने भिडियोमा साईमन अधिकारी, क्लाउडीया, कुल अधिकारी, समानता न्यौपानेको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।