काठमाडौं, अष्ट्रेलियामा फेरि अर्को नेपालीद्धारा आत्म हत्या गरिएको छ । अष्ट्रेलियामा विगत लामो समय देखि बस्दै आएका एक युवाले प्रेममा धोका खाए पछि आत्महत्या गरेको खुलासा भएको यो घट्ना यथार्थ नभइ माधब न्यौपानेको शब्द र संगित रहेको नयाँ पागल पागल बनाई छाडी सार्वजनिक भएको गीतबाट कल्पना गरी सावर गरिएको हो ।
गीतमा पूर्णकला बि.सी. र माधब न्यौपानले स्वर दिएका छन् । माधब न्यौपाने, कल्पना गैरे दिपक सापकोटा, शाम, माट्रिनले अभिनय गरेको उत्त भिडीयो निकै राम्रो बनेको छ । भिडियोको सुरुवात डाइलकबाट गरीएको छ भने डाइलक संञ्चारकमी मनु धमलाको रहेको छ । माधब न्यौपानेले कोरीयोग्राफी गरेको सो भिडियोमा एक अर्काको मायालाई बुझ्न नसक्दा मायामा पागल मात्र होइन युवकले प्रेमिकालाई भुल्न नसकेपछि आत्म हत्या सम्म गर्न पुग्छन् भन्ने शन्देस दिएको छ ।
जीवन रसाइलीले छायांकन गरेको उक्त भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका छन् ।