श्रावण २२,२०७९ / १० : ०० अपरान्ह / 2022-08-07 10:00 pm

        लभ स्टेशनको ट्रेलर सार्वजनिक – के छ चलचित्रमा ? ट्रेलर सहित

        - ३ वर्ष अगाडि
        फागुन २१,२०७५

        काठमाडौँ , रोमान्टिक नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्र लभ स्टेशनको ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्र चैत्र २२ गतेबाट रिलिज हुन लागेको छ । 

        यस चलचित्रको ट्रेलर अनुसार यो चलचित्र प्रेम विछोड तथा एउटा युवकको मिसन सगँ सम्बन्धित रहेको बुझ्न सकिन्छ । हास्य रस पनि यो चलचित्रमा भएको कुरा देखाइएका संवादबाट अनुमान गर्न सकिन्छ । ट्रेलरबाट सबै कुरा भन्न नसकिए पनि यो चलचित्र एउटा लयमा बगेको छ भन्ने कुरा ठम्याउन सकिन्छ । 

        ट्रेन स्टेशन भएजस्तै मायाको पनि स्टेशन भए भन्ने संवादले दर्शक श्रोताको चलचित्र प्रतिको आर्कषण बढाउन मद्धत गर्ने देखिन्छ । 

        यस चलचित्रको निर्देशन उज्वल घिमिरे ले गरेका छन् । 

        हेर्नुहोस ट्रेलर 

          सम्बन्धित समाचारहरु