भाद्र १,२०७९ / ०३ : ४६ पूर्वान्ह / 2022-08-17 03:46 am

        जसले सुने जसले हेरे उसको मनमै बस्यो “ अभाव”

        - ३ वर्ष अगाडि
        माघ १०,२०७५

        काठमाण्डौ, योग्सना डिजीटलको प्रस्तुतीमा रहेको लोकदोहोरी गीत अभाबले छोटो समयमै सर्वाधिक लोक गीत संगीत पारखिको मन जित्न सफल भएको छ । बिशेष गरी माया पिरती मा आधारीत गीत अभाबले चोखोमाया गर्ने हरुको मन बाट उब्जीने कुरालाइ दर्शाएको छ ।

        केही दिन अगाडी मात्र बजारमा आएको उक्त गीत “ अभाव” ले छोटो समयमा नै १० लाख भन्दा बढी दर्शक श्रोताको माया पाएको छ । अविरल बोहरा र मोहन विकको प्रस्तुतिमा रहेको उक्त गितमा गायिका विष्णु माझी र गायक गणेश अधिकारीको आवाज दिनु भएको छ । 

        यस गितमा गणेश अधिकारीको शब्द तथा लय सिर्जना रहेको छ भने विनोद बाजुरालीले एरेन्ज, खड्ग बाजुरालीको मिक्सिङ रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , सुजन शाहीको सम्पादन अनि गुरुआमा को निर्देशनमा रहेको भिडियोमा अविरल बोहरा , सारिका केसी , आशिर प्रताप जंग लगाएत ले अभिनय गर्नु भएको छ । हेर्नुस् भिडियो

        अशोक घतानी



          सम्बन्धित समाचारहरु