भाद्र १,२०७९ / ०३ : ४० पूर्वान्ह / 2022-08-17 03:40 am

        नेपालको पहिलो आईडल बुद्ध लामाको आवाजमा रहेको नयाँ गीत सार्वजनिक

        - ३ वर्ष अगाडि
        पौष ८,२०७५

        हिमाँशुको गीतमा बुद्ध लामाको आवाज (भिडियो)नेपालको पहिलो आईडल बुद्ध लामाको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिम्रो मायामा’ बोल रहेको गीतलाई गीतकार हिमाँशु रायमाझीले लेखेकी हुन् । दिलिप समनको संगीत रहेको गीतलाई बाबु प्रधानले एरेन्ज गरेका छन् । रिअल टाईम क्रियशन स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो पनि निकै राम्रो बनेको छ । राजु ग्यावक र सिर्जना जिसिले भिडियोमा अभिनयसँगै निकै राम्रो केमेस्ट्रि देखाएका छन् । 

        दिलिप समनले नै निर्देशन गरेको भिडियोमा मिलन शंकरको छायाकन छ भने फराज अर्पणले सम्पादन गरेका छन् । भिडियोमा एक प्रेमीले आफ्नो प्रेमीप्रति गरेको प्रेम भावलाई उतार्न खोजिएको छ । मिलन शंकरले खिचेको भिडियोलाई बिक्रम तामाङले उत्पादन तथा व्यवस्थापन गरेका हुन्, भने भिडियोका कलकाकारलाई अझ राम्रो बनाउने काम भने रिना लिम्बु र पुर्णिमा श्रेष्ठले गरेका छन् । हिमाँशु रायमाझीले यसअघि निकै राम्रा गीत लेखिसकेकी छिन् । रायमाझीले कमल खत्रीको आवाजमा ‘नपाएर होईन’ र ‘आशावरी’ गीत सार्वजनिक गरिसकेकी छिन् । भिडियो…

          सम्बन्धित समाचारहरु