श्रावण २२,२०७९ / ०९ : २१ अपरान्ह / 2022-08-07 09:21 pm

        श्रृंखला मल्टिमिडिया अवार्ड जितेसंगै मिस वर्ल्डको उपाधीको दाबेदार बनिन्

        - ३ वर्ष अगाडि
        मंसिर १८,२०७५

        काठमाडौं, मिस वर्ल्ड २०१८ को उपाधीको लक्ष्य बोकेकी नेपालकी श्रृंखला खतिवडा हेड टु हेड को दोस्रो राउण्डमा भने पराजित हुँदा सम्पूर्ण नेपाली निरास बनेका थिए । तर, मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल भएसँगै फेरि खुसी थपिएको छ ।

        चीनमा भइरहेको मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल श्रृंखला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न सफल भएकी छन् ।

        चीनको सान्यामा मिस वर्ल्ड २०१८ मा उनी मिस सिंगापुरसँग पराजित हुँदा निरास बनेका नेपालीका लागि श्रृंखलाले मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुगेपछि खुसी थपिएको छ । श्रृंखला मिस वर्ल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल भएकी छन् ।

        उनले आफ्नो इन्स्टाग्राममा भिडियो शेयर गर्दै श्रृंखलाले आफूले ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेको खबर सुनाउँदै हर्षविभोर भएकी थिइन् ।आफूले मल्टिमिडिया अवार्ड जितेकोमा खुशी साट्दै श्रृंखलाले सम्पूर्ण नेपालीलाइ धन्यवाद दिँदै आफूले ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेको सुनाइन् ।

        उनले खुशी मिसिएर गला भारी भएको आवाजमा भनिन्, ‘एण्ड, आर्इ वन द ब्यूटी विद अ पर्पस अवार्ड, रुँदा रुँदा आँखा सुन्निन लाइसक्यो। बल्ल टाइम पाएँ हजुरहरुसँग शेयर गर्नलार्इ ।’ भिडियोमा उनले ब्यूटी विद अ पर्पस अवार्ड जित्नु आफ्नो लागि मिस वर्ल्डको उपाधि जितेसरह भएको र आज संसारमा आफूभन्दा खुशी शायद कोही पनि छैन होला भन्दै आफ्नो खुशी शेयर गरेकी छिन् ।

        ब्यूटी विद् अ पर्पस श्रृंखलालार्इ दिलाउन मद्यत गर्ने उनको उद्धेश्य भने मकवानपुर जिल्लाको चेपाङ बस्तीमा हेल्थपोष्ट निर्माण गर्ने रहेको छ ।मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए ।

        त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाए ।

          सम्बन्धित समाचारहरु