श्रावण २२,२०७९ / ०९ : ०५ अपरान्ह / 2022-08-07 09:05 pm

        मिस वर्ल्ड २०१८ को दोस्रो राउण्डमा लाग्यो श्रृंखला खतिवडालाई ठेस

        - ३ वर्ष अगाडि
        मंसिर १६,२०७५

        काठमाडौं, मिस वर्ल्ड २०१८ को उपाधी जित्ने आशा बोकेकी मिस नेपाल २०१८ श्रृंखला खतिवडा हेड टु हेड को पहिलो राउण्डमा समूह विजेता बन्दै दोस्रो राउण्ड पुगेकी श्रृंखला दोस्रो राउण्डमा भने पराजित भएकी छन् ।

        अहिले चीनको सान्यामा मिस वर्ल्ड २०१८ मा उनी मिस सिंगापुरसँग पराजित भएकी हुन् । दोस्रो चरणमा श्रृंखलाले मिस वर्ल्ड सिंगापुर भेनिसा पेहलाई प्रतिस्पर्धीको रुपमा पाएकी थिइन् ।

        सामाजिक सञ्जालमा प्रचार प्रसार भएजस्तो भोटका आधारमा मिस वर्ल्डको उपाधि जितिने हो भने श्रृंखलाले मिस वर्ल्ड जित्ने पक्कापक्की नै छ । तर, दोस्रो राउण्डमा पराजित भएसँगै उनको मिस वल्र्ड बन्ने चाहनामा ठेस लागेको छ ।

        भोटको आधारमा हेर्ने हो भने नेपालकी श्रृंखलासँग प्रतिष्पर्धा गर्ने एक मात्र प्रतिष्पर्धी नाइजेरिकाकी अनिता युखा छन् । अहिलेसम्म कुल भोटको ३९ प्रतिशत अर्थात् ११ लाख ९० हजार ७ सय ७२ मत श्रृंखलाको पक्षमा छ । दोस्रोमा नाइजेयिन मिस अनिता युखाको पक्षमा ३१ प्रतिशत अर्थात् ९ लाख ६२ हजार ६ सय १९ भोट छ ।

        नेपालकी श्रृंखला हेड टु हेड को दोस्रो राउण्डमा विजेता भएको भए फाइनलका लागि अन्तिम ३० मा छानिन्थिन् । तर, दोस्रो राउण्डमा उनी पराजित हुँदा मिस वर्ल्डको ताज पहिरिने सहज बाटो बन्द भएको छ । तथापी अझै मल्टिमिडिया वा व्युटि विथ पर्पज जित्न सके अन्तिम ३० मा पर्ने सम्भावना कायमै छ ।

        यस्तो छ नियम

        ११८ प्रतियोगीमध्ये जम्मा ३० जना सेमी फाइनलमा पुग्छन् । तीनै ३० जनाबीच उपाधिका लागि मिस वर्ल्ड २०१८ घोषणा हुने दिन भीडन्त हुनेछ र एक जनाले मिस वर्ल्ड २०१८ ताज पहिरिने छन् ।

        सेमीफाइनलको ३० जनामध्ये प्रतियोगिताका निर्णायकहरुले १५ जना छान्छन् भने बाँकी १५ जना हेड टु हेड च्यालेञ्जजस्तै ब्यूटी विद पर्पस, ट्यालेण्ट, स्पोर्टस् तथा मल्टिमिडिया प्रतियोगिताका माध्यमबाट छानिन्छन् ।

        ती मध्ये हेड टु हेड च्यालेञ्जबाट १० जना सेमीफाइनलका लागि छानिन्छन् । यस हिसाबले अहिले छानिएका २० मध्ये १० जनाले कम्तीमा एक जना प्रतियोगीलाई हराएपछि सेमी फाइनलको यात्रा तय गर्न सक्छन् ।

        हेड टु हेडमा फालिए पनि अर्को सम्भावना बाँकी रहन्छ । बाँकी ५ जना भने अन्य ५ प्रतियोगिताका विजेताहरुलाई लिइने हो । ५ प्रतिस्पर्धामध्ये टप मोडल र स्पोर्टस सम्पन्न भइसकेको छ । टप मोडल जापानले र स्पोर्टस् अमेरिकाले जितेको छ ।

        नेपालले हेड टु हेडमा २० मध्ये १० जनामा पर्न सफल भएमा सेमीफाइनल पुग्ने पक्का छ । हेड टु हेड च्यालेञ्जको दोस्रो राउण्डमा प्रतिस्पर्धीहरुले विभिन्न प्रस्तुति दिनुपर्ने हुन्छ ।

        यदि हेड टु हेड च्यालेञ्जको उत्कृष्ट १० मा नपरे बाँकी रहेका ३ प्रतिस्पर्धा मल्टिमिडिया, ब्यूटी विद पर्पस वा ट्यालेण्ट मध्ये कुनै एक उपाधि जिते पनि सेमी फाइनलको यात्रा पक्का हुनेछ ।

        तर, हेड टु हेड च्यालेञ्जको दोस्रो राउण्डमा श्रृंखला खतिवडा पराजित भइसकेकी छन् । मल्टिमिडिया वा व्युटि विथ पर्पज जित्न नसके श्रृंखलाको मिस वर्ल्ड २०१८ को यात्रा यहीँ टुंगिनेछ ।

          सम्बन्धित समाचारहरु