श्रावण २२,२०७९ / ०९ : ०९ अपरान्ह / 2022-08-07 09:09 pm

        धनकुटाकी किशोरी वन्दना लगातार १ सय २६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउदै

        - ३ वर्ष अगाडि
        मंसिर ११,२०७५

        काठमाडौं, निरन्तर सबैभन्दा लामो समयसम्म नाचेर विश्व रेकर्ड कायम गर्ने उद्धेश्यले धनकुटा घर भई काठमाडौ बस्दै आएकी किशोरी बन्दना नेपालले लगातार १ सय २६ घण्टा नाचेर गिनिज बुक अफ वल्र्ड रेर्कड राख्ने उनको लक्ष्य छ । उनले किर्तीमाानी कायम गर्न सफल भए लोप हुँदैँ गएको नेपाली मौलिक गीतको विश्वसामु प्रर्बद्धन हुने अपेक्षा गरिएको छ ।

        नेपाली भेष भूषामा सजिएर नाच्ने, उनी हुन् १७ वर्षीय बन्दना नेपाल । यो नाच कुनै सांकृतिक सामारोह वा कुनै औपचारिक कार्यक्रमको होईन् । निरन्तर सबैभन्दा लामो समयसम्म नाचेर विश्व रेकर्ड कायम गर्ने उद्धेश्यले बन्धनाले तीन दिन यता लगातार नाचिरेहकी छिन् ।

        लगातार १ सय २६ घण्टा नाचेर गिनिज बुक अफ  वल्र्ड रेर्कड राख्ने बन्दनाको लक्ष्य छ । उनले अहिलेसम्म ८५ घण्टा बढी घन्टा नाचिसकेकी छिन् । सोही अनुसार मंसिर ७ गते बिहान ९ बजेदेखि काठमाडौको बत्तिसपुतीस्थित बिग फुडल्यान्डमा नृत्य गरिरहेकी हुन् ।

        गिनिज बुकमा लामो समयसम्म नाचेको कीर्तिमान इन्डिया केरलाकी कलामण्डलम हेमालथाको नाममा छ । धनकुटा महालक्ष्मी नगरपालिका ९ मूर्तिढुंगाका बन्दना अहिले  बत्तिसपुतलीस्थित विगफुडल्यान्डमा नाचिरहेकी छिन् । भरतको रेकर्ड तोडेर बन्धनाले विश्वसामु नेपाल चिनाउने विश्वास लिएका बन्धना नेपाल फाउन्डेसनका सह–संयोजक सन्तोष लामा बताउछन् ।

        चिकित्शकका अनुसार लगातार ४८ घण्टा अनिदो बस्नेलाई हृदयघात भई मृत्यू समेत हुने जोखिम हुन्छ । तर बन्धनाले ८५ घण्टा बढी नाचिसक्दा समेत कुनै समस्या नभएको चिकित्सकले बताएका छन् । ४–४ घण्टाको समयमा ५ मिनेट मात्रै बिसाउन पाउने पहिले नियम रहे पनि अहिले भने उनले १० मिनेट आराम गर्न पाउने टाईम किपरहरु बताउछन् ।

        नेपाली भेषमा नृत्य गरिरहेकी बन्धनाले लोप हुँदैँ गरेका नेपाली मौलिक गीतमा मात्रै नाच्दै आएकी छिन् । उनले साहसले गर्न लागेको विश्वकिर्तिमानीले नेपालललाई संसारभरमा चिनाउने बताउदै आईएको छ ।

        नेपाल आफैमा कलासस्कृतिले भरिपुर्ण देश हो । नेपाली कला सस्कृति विश्वसामु चिनाउनको लागि नेपालकी किशोरीले १२६ घन्टा लगातार नित्य गर्नु चुनौतीपुर्ण काम हो । उनको शाहस र गिनिजबुक अफ वर्डमा नाम लेखाउने यस  प्रक्रियाले सफलता पायोस  शुभकामना ।

          सम्बन्धित समाचारहरु