श्रावण २२,२०७९ / ०९ : ०१ अपरान्ह / 2022-08-07 09:01 pm

        अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा राईलाई ‘वेष्ट पर्फमेन्स’ अवार्ड

        - ३ वर्ष अगाडि
        मंसिर ७,२०७५

        काठमाडौँ । विवाहित महिलाहरुमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘क्लासिक एण्ड मिसेस् एशिया ईन्टरनेसनल २०१८’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गरेकी परिकल्पना राई प्रतियोगितामा ‘वेष्ट पर्फमेन्स अवाडर्’ जित्न सफल भएकी छिन् ।

        ४० वर्ष भन्दा मुनि र ४० वर्षभन्दा माथिका विवाहित महिलाहरुको दुई उमेर समूहमा सहभागिहरुको प्रतिस्पर्धा भएको उक्त प्रतियोगितामा परिकल्पना समग्र सहभागिहरुमा ‘वेष्ट पर्फमेन्स’ विजेता छनौट भएकी हुन् ।

        प्रतियोगिता अन्तर्गत ४० वर्ष माथिको विवाहित महिलाहरुको उमेर समूहको विधा ‘क्लासिक मिसेस् एशिया ईन्टरनेसनल’ मा परिकल्पनाले नेपालको तर्फबाट प्रतिस्पर्धा गरेकी हुन् ।

        नयाँ बानेश्वर निवासी ४४ वर्षिया परिकल्पना राईले स्नातकोत्तरको पढाई पूरा गरेकी छिन् भने उनी दश वर्षसम्म ‘एम्बेसी अफ डेनमार्क’मा ‘भिसा एण्ड कन्सुलर अफिसर’को रुपमा कार्यरत थिइन् ।

        परिकल्पनाको उक्त प्रतियोगितामा नेपालको तर्फबाट सहभागिताको संयोजन तथा व्यवस्थापन नेपालका लागि आधिकारिक संस्था ग्रुप अफ इभेन्ट इन्टरटेनर्स (जि.ई.ई.) ले गरेको थियो भने अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धी ग्रुमिङ र प्रशिक्षण कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए ।

        सन् २०१२ बाट आरम्भ भएको ‘क्लासिक एण्ड मिसेस् एशिया प्यासिफिक इन्टरनेसनल’ प्रतियोगिताको–२०१८ को संस्करणको फाईनल प्रतिस्पर्धा गत नोभेम्बर १४ मा थाइल्याण्डको रायोङस्थित स्टार कन्फेन्सन हलमा सम्पन्न भएको थियो ।  

          सम्बन्धित समाचारहरु