भाद्र १,२०७९ / ०३ : २७ पूर्वान्ह / 2022-08-17 03:27 am

        श्रृखंला खतिवडाको सर्बत्र चर्चा, योगेश भट्टराई र रविन्द्र मिश्र पनि फेसबुकबाट भोट माग्दै

        - ३ वर्ष अगाडि
        मंसिर ७,२०७५

        काठमाडौं, नेपाली समाजमा केटीमान्छेलाई तडकभडक पहिरहन लगाउनु निकै नराम्रो दृश्टिकोण हेर्ने गरिन्थ्यो । तर उही नेपाली समाजमा हुर्केकी नेपाली चेली मिस नेपाल २०१८ की विजेता श्रृखला खतिवडाले मिस वल्डमा सहभागीता जनाईरहेकी छिन् । उनको सहभागिताले नेपाल र नेपालीको नाम केही हदसम्म भएपनि विस्तार भइरहेको छ । तर उनको विषयमा मिश्रित टिप्पणी भइरहेको छ ।

        मिस नेपाल श्रृखला खतिवडाले चिनको सान्य शहरमा भइरहेको विश्व सुन्दरी प्रतियोगितामा पाएको सफलताबारे नेतादेखि सर्वसाधारण सबैमा बहसको विषय बनेको छ । एमाले युवा नेता योगेश भट्टराई र विवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिश्रले उनको फेसबुकमा राखिएको पोष्टलाई भोट माग्दै शेयर गरेका छन । तर केही ब्यत्तिहरुले भने निर्मला पन्तलाई न्याय दिननसक्ने हैसियतमा रहेका नेताहरु, सुन्दरी प्रतियोगितामा भाग लिएकाहरुलाई भोट माग्दैमा बेस्त रहेछन् भन्दै आलोचना गरेका छन् ।

        नेता मिश्रले पोष्ट गरेको उक्त पोष्टमा सकरात्मक तथा नकरात्मक सवै टिप्पणी भएका छन । चीनको सान्या सहरमा जारी मिस वर्ल्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ शृंखला खतिवडा अघिल्लो चरणमा पुगेकी हुन । एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भएकी शृङ्खला टप मोडेल विधा अन्तर्गत सेमिफाइनलमा पुगेकी हुन ।

        मिस वल्र्डका लागि खुला गरिएको भोटका आधारमा उनी बुधबार साँझसम्म २५.८२ प्रतिशत मत प्राप्त गरेर पहिलो नम्बरमा छिन्। उनले प्राप्त कुल मतमध्ये एक लाख ७५ हजार मत प्राप्त गरेकी छन् । उनले बिहीबार साँझ फेसबुकमार्फत् आफू सेमिफाइनलमा पुगेमा खुसी ब्यक्त गर्दै ‘नेपालीले दिएको माया र विश्वासप्रति आभार प्रकट सबैलाई धन्यवाद दिएकी छिन ।

        राजनितिक कुरा आफ्नो ठाउंमा होला तर यसरी नेपालकै प्रतिनिधित्व गर्दै विश्वसामु आफ्नो र नेपालको नाम उच्च राख्न श्रृखलाले गरेको यो मेहनतलाई लिएर नकरात्मक टिकाटिप्पणी गरीरहनु उपयुक्त होला र ?

          सम्बन्धित समाचारहरु