वैशाख १८,२०८३ / १० : ५५ अपरान्ह / 2026-05-01 10:55 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ललितपुरमा तीन दिने तीज महोत्सव तथा महिला उद्यमी मेला सूरु

      - ७ वर्ष अगाडि
      भाद्र ८,२०७५

      काठमाण्डौ,ललितपुरमा तीन दिने तीज महोत्सव तथा महिला उद्यमी मेला सूरु भएको छ । 

      साना तथा मझौंला व्यवसायी महासंघ नेपालले तीजको अवसर पारेर शुक्रबारबाट तीज महोत्सव तथा महिला उद्यमी मेला आयोजना गरेको हो । ललितपुरको पुल्चोकमा मेलाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले तीजमा पनि नेपाली महिलाहरुले आजआर्जनको काम गरेर मुल्ुकको आर्थिक क्षेत्रको नेतृत्व लिने प्रयास गरेको बताइन् ।

       साना तथा मझौला व्यवसायीहरुले मुलुकको अर्थतन्त्र र रोजगारीको अवसर सृजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनीहरुलाई प्रोत्साहन गर्न सरकारसँग पनि माग गरिन् । करिव ६० वटा स्टल रहेको मेलामा काठमाडौं, ललितपुर र भक्तपुरका महिला उद्यमीहरुले उत्पादन गरेका हस्तकलालगायतका सामग्रीहरु प्रर्दशन गरिएका छन ।

       ‘एक घर, एक व्यवसाय’ लाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो । तीजलाई लक्षित गरेर आयोजना गरिएको मेलामा १५ हजारभन्दा बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

        सम्बन्धित समाचारहरु