वैशाख १८,२०८३ / १० : ५५ अपरान्ह / 2026-05-01 10:55 pm
      • param ad
      • furniture
      • veera Incorporation

      अशोक दर्जीको परीवारलाई घर हस्तान्तरण,कति लाग्यो त खर्च ?

      - ७ वर्ष अगाडि
      भाद्र ५,२०७५

      काठमाण्डौ,सुमधुर गीत “मन बिनाको धन ठुलो की धन बिनाको मन” का बाल गायक अशोक दजीको घर निर्माण समितीले बिभिन्न कलाकार तथा समाजसेवीहरुको उपस्थितीमा सोमबार अशोक परीवारलाई घर हस्तान्तरण गरेको छ । 

      दमक स्थित बिभिन्न कार्यक्रमको आयोजना गरी बरिष्ठ हास्यकलाकार हरिवंश आचार्य तथा बरिष्ठ पत्रकार ऋषि धमला ले संयुक्त रुपमा उनका परीवारलाई घरको साँचो हस्तान्तरण गरेका हुन् । उक्त घर निर्माण  गर्न टंक बुढाथोकी तथा  थुप्रै दर्शक  श्रोता को साथ थियो

      कार्यक्रममा घर निर्माण समितीका कोषाध्यक्ष डिजे रुपकले ले हाल सम्म २८ लाख ८५ हजार ८ सय ५६ रुपैया खर्च भैसकेको  बताउँदै दर्शक श्रोता को मायाले गर्दा यस्तो कार्य गर्न सफल भएको बताए । उक्त कार्यक्रममा बिभिन्न कलाकारको प्रस्तुती तथा मन्तब्य रहेको थियो । कार्यक्रममा बालगायक अशोक दर्जी र ए.आर बुढाथोकी को बिशेष प्रस्तुती रहेको थियो । 

        सम्बन्धित समाचारहरु