वैशाख १८,२०८३ / १० : ५५ अपरान्ह / 2026-05-01 10:55 pm
      • param ad
      • furniture
      • veera Incorporation

      “नाई नभन्नु ल ५” शुक्रबारबाट प्रदर्शनमा आउने

      - ७ वर्ष अगाडि
      भाद्र ३,२०७५

      काठमाण्डौ,सुपरहिट चलचित्र “नाई नभन्नु ल”को पाँचौक भाग यसै हप्ताको शुक्रबार बाट प्रदर्शनमा आउने भएको छ । यो आफैमा एउटा बिशेष रेकर्ड हो किनकी नेपालमा आज सम्म कुनैपनि फिल्म पाँचौ सिरीजसम्म बनेका छैनन् । 

      बिकास आचार्य द्धारा निर्देशित चलचित्र नाई नभन्नु ल मा श्रृंखला तथा भाग अनुसार कलाकार हरु फरकफरक रहेका छन् । “नाई नभन्नु ल” भन्ने बितिकै दर्शक रुवाउने चलचित्र भन्ने बुझिन्छ ।  मनछुने गीतसंगीत, इमोसनल स्टोरी र बाल कलाकार अनुभव रेग्मी यस सिरिजका विशेषत हुन् । दोस्रो सिरिजदेखि जोडिएका अनुभव र अभिनेत्री प्रियंका कार्की पाँचौ सिरिजसम्म पनि निरन्तर छन् ।  

      जीवन लुईंटेलले यो फिल्मको दुई श्रृंखला गरे । तेस्रोमा अभिनेता आर्यन सिग्देल जोडिए । चौँथोमा अभिनेता पल शाह, आँचल शर्मा र बर्षा राउतले लिड रोलमा ब्रेक पाएका थिए । ुनाईं नभन्नू ल ५ु मा फेरि एकपटक निर्देशक आचार्यले नयाँ कलाकारलाई डेब्यु गराएका छन् । बाल कलाकारमा सेड्रिना शर्मा र नव(नायकमा अभिषेक नेपाल यो फिल्मबाट डेब्यू गर्दैछन् ।

      सेड्रिनाको जोडी बाल कलाकार अनुभव रेग्मीसँग बाँधिएको छ भने अभिनेत्री स्वस्तिमा खड्काले अभिषेकसँग रोमान्स गरेकी छन् । ुनाईं नभन्नू लु को सिरिजमा पहिलो पटक स्वस्तिमासँगै केकी अधिकारी, दीलिप रायमाझी र निरुता सिंह पनि जोडिएका छन् । 

      हरेक नेपालीको जिब्रोमा ‘नाईं नभन्नू ल’ झुन्डिएका कारण ‘नाईं नभन्नू ल ५’ को व्यापार आक्रामक हुनेमा शंका छैन । फिल्ममा यसपाली इलाम र झापालाई कथाको पृष्ठिभूमि बनाइएको छ ।

      निर्देशक आचार्य भन्छन्, यो शृंखला कथा वाचन र प्राविधिक हिसाबले पनि थप अब्बल बनेको छ । यो सिरिजमा फेमली ड्रामासँगै लभस्टोरीलाई उत्तिकै स्थान दिएका छौं ।

       बसन्त सापकोटाको संगीत रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । वान टाइम सिनेमाको ब्यानरमा बनेको फिल्मको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् ।

       

        सम्बन्धित समाचारहरु