वैशाख १८,२०८३ / १० : ५५ अपरान्ह / 2026-05-01 10:55 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाल आइडलमा मिनराजले अडिसनमै गोल्डेन माइक पाएपछि , सीधै गाला राउन्डमा प्रवेश

      - ७ वर्ष अगाडि
      भाद्र १,२०७५

      काठमाडौँ, चितवनको रत्ननगरका मिनराज पौडेल अन्य प्रतिस्पर्धी जस्तै नेपाल आइडल सिजन–२ को अडिसनका लागि मकवानपुरको हेटौँडा पुगे । पेशाले शिक्षक झुस्स दाह्री पालेका उनी गितार बोकेर नेपाल आइडलको अडिसनका लागि हेटौँडा पुगेका थिए । 

      अडिसनका लागि जब उनी नेपाल आइडलको स्टुडियोमा छिरे तब उनले आफ्नो स्वरको जादु छरे । २५ वर्षी मिनराजले जब गितारको धुनसँगै आफ्नो स्वरमा गाइने दाइले....... गुनगुनाउन थाले तब अगाडि बसेका जज मन्त्रमुग्ध भए । गितारको धुनसँगै आफ्नो स्वरको जादु छरेका उनले एकपछि अर्को गीत गाउँदै गर्दा जजहरुले पनि उनलाई उठेर हौसला बढाए । 

      सानैदेखि संगीतका पारखी बाबुका छोरा उनले नेपाल आइडलको अडिसनबाटै नया रेकर्ड पनि बनाएका छन् । नेपाल आइडलका दुवै सिजनका अडिसनबाट अघिल्लो चरणमा जाने अरु प्रतिस्पर्धीले गोल्डेन टिकट मात्रै पाउने गरेका थिए । तर उनले गोल्डेन टिकटसँगै गोल्डेन माइक पाउँदै सोझै गाला राउन्डमा प्रवेश गरे । नेपाल आइडलमा दुवै सिजनका अडिसन राउन्डबाट सीधै गाला राउन्डमा प्रवेश पाउने उनी पहिलो प्रतिस्पर्धी हुन् ।

       उनले अडिसनका क्रममा गीत गाइरहँदा जजहरु कालीप्रसाद सापकोटा र न्ह्यू बज्राचार्यले उठेर उनको सम्मान गरे भने अर्की जज इन्दिरा जोशीले पटक पटक तारिफ गरिन् । उनले गोल्डेन माइक जितेर सीधै गाला राउन्डमा पुगेको श्रेय आफ्ना बाबु, परिवार र साथीभाइलाई बाँडेका छन् । 

      ‘पेशाले शिक्षक हुँ तर सानैदेखि संगीतप्रति रुची र लगाव छ, बुवाले सानैबाट गाउने गरेकाले मलाई प्रेरणा मिल्यो’, उनले भने, ‘नेपाल आइडल एउटा प्लेटफर्म हो, मेरो र परिवारको सपना पुरा गर्ने माध्यम हो ।

        सम्बन्धित समाचारहरु