काठमान्डौ, बलिउडकी चर्चित कलाकार कंगनाले आफु स्वामी विवेकानन्दको व्यवहारिक र बैज्ञानिक पद्धतिबाट प्रभावित रहेको बताएकी छिन् ।
कंगनालाई रहस्यवाद रमाइलो लाग्ने र योगी र रहस्यवादका सद्दगुरु सगँ भेट्ने इच्छा रहेको बताएकी छिन् र उनका अनुसार यस्तो भेटघाट यहि बुधबार हुने जनाइएको छ ।
“सद्दगुरु मैले अहिले सम्म भेटेको मध्ये सबैभन्दा विद्धान हुन” क्वीन स्टार कंगनाले भनिन् । उनको पुस्तक इनर इन्जिनियरिङ्ग आफ्नो सबैभन्दा मनपर्ने पुस्तक रहेको उनको दाबी छ ।
कंगना मनिकर्णिका : झासीकी रानी नामको बायोपिकमा मुख्य भूमिकामा देखिने भएकी छन् ।








