वैशाख १८,२०८३ / १० : ५५ अपरान्ह / 2026-05-01 10:55 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ‘डेडपूल २’ मा हलिउडका सुपरस्टार ब्रान्ड पिटले पारिश्रमिक लिए एक कप कफी

      - ७ वर्ष अगाडि
      श्रावण ८,२०७५

      काठमाडौं, ‘डेडपूल २’ मा गेस्ट रोल निभाएका हलिउडका सुपरस्टार ब्रान्ड पिटले पारिश्रमिक नलिएको खुलासा भएको छ । 

      अभिनेता तथा निर्माता रेयान रेनाल्डका अनुसार, ब्रान्डले उनीसँग पारिश्रमिकको रुपमा एक कप कफी ल्याउन भनेका थिए ।  फिल्ममा ब्रान्डको निकै छोटो भुमिका रहेको छ । उनी फिल्ममा द वेनिशरको भूमिकामा छन् । पूरा फिल्ममा वेनिशर गायब छन् । फिल्ममा उनी आएको(गएको अत्तोपत्तो हुँदैन । केहि सेकेण्डका लागि मात्र उनी फिल्ममा देखिन्छन् ।  

      ‘डेडपूल २’ का सह(लेखक रीत रीसले भने, ’ब्रान्ड पिटले भनेका थिए कि उनी यो रोल गर्न तयार छन् तर रेयान आफैंले स्टारबक्सबाट उनका लागि एक कप कफी ल्याएर दिनुपर्नेछ ।’ रेयानले यस बारेमा भनेका छन् ’उनलाई एक कप कफी मैले दिनुपर्ने भनिएको थियो । यसको मतलब उनले फिस लिने छैनन् । यो एकदम खुसीको कुरा थियो ।’ 

      उनले अगाडि भने, ’ठूला फिल्म स्टारलाई बिना कुनै डाइलग केहि सेकेण्डका लागि देखाउनु त्यो भन्दा गैरजिम्मेवार अरु के हुन्छ र ? फेरि पनि उनले थपे ।

        सम्बन्धित समाचारहरु