काठमान्डौ, प्रियङ्का चोपडा र निक जोनसको विवाहका बारेमा अहिले जताततै चर्चा चलिरहेको छ । यद्धपी यस्तो एउटा समय थियो जुनबेला एकजना टी. भी. कलाकार उनको परिवारको लागि सबभन्दा मनपर्ने ब्याक्ति थिए । उनी देवन के देव महादेवका मुख्य कलाकार मोहीत राइना थिए ।
प्रियङ्काले एकपटक टी. भी कार्यक्रममा बताएकी थिइन् “उनकी आन्टीलाई मोहीत एकदमै मन पथ्र्यो किनभने उनी राम्रो व्यहवार, असल यूवा तथा धेरै नै राम्रो कलाकार हुन् ।
प्रियङ्का अहिले को विश्वमा सबैभन्दा रुचाइएकी र चर्चामा रहेकी भारतीय अनुहार हुन् । उनी निक जोनस सगँ गहिरो सम्वन्धमा रहेको जनाइएको छ ।
प्रियङ्का र निकले २०१७ को मेट गाला मा सगैँ उपस्थिति जनाएका थिए तर उनीहरुको रोमान्स धेरै पछि मात्र शुरु भएको हो । गत जुनमा भारतको एक बैवाहिक कार्यक्रममा आउदा निकलाई पनि सगै ल्याएकी थिइन् ।








